काभ्रे क्षेत्र नं १ को मतगणना शुरु

लोकपथ
140
Shares

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ र त्यस अन्तर्गतका प्रदेशसभा ‘क’ र ‘ख’ को प्रत्यक्षतर्फको मतगणना आज शुरु गरिएको छ ।

भौगोलिक विकटताका कारण सोमबार दिउँसो मात्रै पनौतीस्थित निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका आइपुगेपछि बसेको सर्वदलीय बैठकले प्रतिनिधिसभा र प्रदेश सभासदस्यको मतगणना सँगसँगै गर्ने निर्णय भएपछि मतगणनाका लागि आवश्यक स्थल निर्माण गरेर मतगणना शुरु गर्दा ढिलाइ भएको निर्वाचन कार्यालयले जनाएको छ ।

पनौती नगरपालिकाको कार्यालयको सभाकक्षमा आज बिहान ९ बजेदेखि मतगणना शुरु भएको क्षेत्र नं १ का निर्वाचन अधिकृत दुर्गाप्रसाद खनालले बताए । उनका अनुसार अहिले प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं १ को खानीखोला गाउँपालिका–६ बाट मतगणना शुरु गरिएको छ । त्यस्तै प्रदेशसभा सदस्यका लागि १ (क) को नमोबुद्ध नगरपालिका–५ बाट मत गणना शुरु गरिएको छ भने प्रदेशसभा सदस्य ९ख० का लागि खानीखोला गाउँपालिका–१ बाट मतगणना शुरु गरिएको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?