कास्की-१ मा गुरुङलाई पछ्याउँदै बराल

लोकपथ
315
Shares

कास्की । कास्की क्षेत्र नं १ मा नेकपा (एमाले)का उम्मेदवार मनबहादुर गुरुङले अग्रता बनाएका छन् ।

जारी मतगणनामा कास्की क्षेत्र नं १ मा एमालेका मनबहादुर गुरुङले तीन हजार चार सय १२ मतसहित अग्रता लिएका हुन् । नेपाली कांग्रेसका किशोरदत्त बरालले दुई हजार छ सय २४ मतसहित उनलाई पछ्याएका छन् ।

उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा (१) मा एमालेका उम्मेदवार बेदबहादुर गुरुङ तीन हजार चार सय ७५ मतसहित अग्रस्थानमा छन् भने उनलाई नेपाली कांग्रेसका उम्मेदवार दीपक गुरुङले दुई हजार सात सय ६८ मतसहित पछ्याइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?