अपडेट : सिन्धुली-२ मा गठबन्धनकै अग्रता

लोकपथ
147
Shares

सिन्धुली । सिन्धुली निर्वाचन क्षेत्र नं २ मा गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार गठबन्धनका उम्मेदवार मतान्तरलाई बढाउँदै लगेका छन् ।

हालसम्म निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ १० हजार सात सय ६६ मतगणना हुँदै गठबन्धनबाट लेखनाथ दाहालको अग्रता कायमै रहेको छ । उनले पाँच हजार आठ सय ३६ मत प्राप्त गर्नुभएको छ भने एमालेका मनोजजङ्ग थापाले चार हजार दुई सय एक मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत भरतकुमार दाहालले जानकारी दिए ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका भीष्मराज श्रेष्ठले ५६, नेपाल मजदुर किसान पार्टीका रामेश्वरी कोजुले दुई, तामाङसालिङ लोकतान्त्रिक पार्टीका डिल्लीकुमार गोलेले १८, मङ्गोल नेसनल अर्गनाइजेसनका शान्तवीर लामाले ६३, जनसमाजवादी पार्टी नेपालका योग्यबहादुर मुडुला कार्कीले १७, राष्ट्रिय स्वतन्त्र पार्टीका अनोजकुमार दाहालले ८४ र स्वतन्त्र उम्मेदवार भूपेन्द्र विश्वकर्माले ४४ मत पाएका छन् । चार हजार ४५ मत बदर भएको छ ।

प्रदेशसभा सदस्यतर्फ

हालसम्म निर्वाचन क्षेत्र नं २ (१) तर्फ १२ हजार दुई सय ६९ मतगणना हुँदा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का विनोदकुमार खड्काले चार हजार एक सय ३६, नेपाली कांग्रेसका छेत्रबहादुर बम्जनले सात हजार दुई सय ६५, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेशविक्रम बस्नेत क्षेत्रीले तीन सय १४, नेपाल मजदुर किसान पार्टीकी सङ्गीता दुवालले ४१ र मङ्गोल नेसनल अर्गनाइजेसनका वोजनकुमार वलले एक सय ३३ मत प्राप्त गर्दा तीन सय ८० मत बदर भएको छ ।

यस्तै निर्वाचन क्षेत्र नं २ (२) तर्फ १० हजार सात सय ६७ मत गणना हुँदा एमालेका रामकुमार पौडेलले चार हजार तीन सय ३०, नेकपा (माओवादी केन्द्र)का गङ्गानारायण श्रेष्ठले पाँच हजार आठ सय ५२, राष्ट्रिय प्रजातन्त्र पार्टीका टलकबहादुर कार्कीले ९१, नेपाल मजदुर किसान पार्टीका लक्ष्मण ग्वाछाले १३, मङ्गोल नेसनल अर्गनाइजेसनका तुलसी राईले ९०, जनसमाजवादी पार्टी नेपालका हेमन्त पुलामीले २० मत प्राप्त गरेका छन् । जसमा तीन सय ७१ मत बदर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?