काठमाडौं । काठमाडौं क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका गगनकुमार थापा निर्वाचित भएका छन् ।
अन्तिम मतपरिणाम अनुसार ७ हजार ४ सय ५२ मतान्तरसहित थापा निर्वाचित भएका हुन् ।
अन्तिम परिणाम अनुसार थापाले २१३०७ मत प्राप्त गरेका छन् । भने उनका निकटतम प्रतिद्धन्दी एमालेका राजन भट्टराईले १३८५५ मत प्राप्त गरेका छन् ।
थापाले यसअघि २०७४ को निर्वाचनमा पनि भट्टराईलाई हराएका थिए ।
२०७०,२०७४ को निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएका थापा २०६४ को पहिलो संविधान सभा निर्वाचनमा समानुपातिकबाट सभासद भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया