बैतडीमा एमाले अघिअघि माओवादी केन्द्र पछिपछि

लोकपथ
351
Shares

बैतडी । बैतडीमा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का दामोदर भण्डारीको अग्रता कायमै रहेको छ ।

सात हजार पाँच सय ५० मत गणना हुँदा भण्डारीले तीन हजार पाँच सय ९६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए । उनलाई गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का नरेन्द्र कुँवर ९विजयसुन्दर०ले तीन हजार २९ मतका साथ पछ्याइरहेका छन् । बैतडीमा प्रतिनिधिसभामा एकमात्रै क्षेत्र हो ।

यस्तै प्रदेशसभा (१) मा सात हजार तीन सय मतगणना हुँदा एमालेका सुरेन्द्र पालले दुई हजार तीन सय ३६ मत प्राप्त गरेका छन्। उनको पछिपछि रहँदै स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले दुई हजार एक सय ६३ मत पाएका छन्। यसैगरी तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका वीरबहादुर बिष्टले एक हजार तीन सय ३६ मत प्राप्त गरेका छन् ।

यस्तै प्रदेशसभा (२) मा भने कांग्रेस अगाडि छ । आठ हजार छ सय ९५ मतगणना हुँदा नेपाली कांग्रेसका शिवराज भट्टले तीन हजार नौ सय ६० मत ल्याउँदा नेकपा एमालेका लीलाधर भट्टले तीन हजार आठ सय ७० मत प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?