चितवन । चितवन क्षेत्र नम्बर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले अग्रता कायम राखेका छन्। ढकालले नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई पछाडी पार्दै अग्रता कायम गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका ढकालले ६ हजार ६७ मत ल्याएका छन् भने कांग्रेसका विश्वनाथ पौडेलले ५ हजार ८० मत ल्याएका छन् ।
यस्तै २०७४ सालको निर्वाचनमा चितवन-१ बाट निर्वाचित भएका नेकपा एमालेका सुरेन्द्र पाण्डेले ४ हजार ५२३ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया