नेप्सेमा बुधबार १ करोड ३३ लाख कित्ता सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा बुधबार एकैदिन हकप्रद र बोनस सेयर गरि १ करोड ३३ लाख १ हजार २ सय २१.६३ कित्ता सुचिकृत भएको छ । 

श्री इन्भेष्टमेन्ट फाइनान्सको १६ लाख ७९ हजार ७ सय ५.६ कित्ता बोनस सेयर सुचिकृत भएको छ । यता सेन्ट्रल फाइनान्सको २ लाख १६ हजार ५ सय कित्ता हकप्रद सेयर सुचिकृत भएको छ । 

एनएमबी बैंकको  एक करोड १४ लाख ४ हजार ९ सय ३५.९५ कित्ता सेयर नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?