इन्डोनेसियामा भूकम्प जाँदा ५६ जनाको मृत्यु, ७ सय घाइते

लोकपथ
169
Shares

काठमाडौं । इन्डोनेसियाको जाभा टापुमा ५ दशमलब ६ म्याग्निच्युडको भूकम्प जाँदा ५६ जनाको मृत्यु भएको छ । अरु सयौं घाइते भएको बीबीसीसहितका अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

भूकम्पको धक्काले थुप्रै भौतिक संरचना भत्किएका छन् । जसमा अस्पतालसहित इस्लामिक स्कुल र अन्य सरकारी भवन परेका छन् । रोयटर्सका अनुसार कम्तीमा ३ सय भवन भत्किएका हुन् ।

पश्चिम जाभा प्रान्तको सियान्जुर क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प १० किलोमिटरको गहिराइमा गएको जनाइएको छ ।
स्थानीय मिडियाका अनुसार कतिपय भौतिक संरचना भत्किँदा मानिस पुरिएर थुनिएका छन् । ७ सय व्यक्ति घाइते भएको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?