काठमाडाैं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अनलार्इन कारोबार प्रणालीमा सुधार गरेपछि शेयरबजार सुधारोन्मुख देखिएको छ । कात्तिक २० गतेदेखि शुरू गरिएको अनलार्इन प्रणालीमा बारम्बार समस्या अाउँदा नेप्से लगातार दोहोरो अंकले अोह्रालो लागेको थियो ।
मंगलबार भने नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेपछि लगानीकर्ता शेयरबजारमा फेरि अाकर्षित भएका छन्। यसबीचमा विभिन्न बैंक तथा वित्तीय संस्थाले बोनश शेयरको सट्टा थोरै परिमाणमा नगद लाभांश दिएपछि बजार थप घटिरहेको थियो । शेयरको भाउ घटेपछि किन्ने प्रतिक्षामा रहेका लगानीकर्ताहरू नेप्सेले अनलार्इन प्रणालीमा सुधार गरेसँगै शेयर खरिदबिक्रीमा केन्द्रित भएका हुन् ।
ब्रोकरहरूका अनुसार अनलार्इन प्रणालीमा सुधार भएसँगै कारोबार रकम समेत बढेको छ । अल्पकालिन कारोबारीहरूले बजारमा सक्रियता देखाउँदा कमजोर लाभांशका कारण खस्केको पूँजीबजार उकालो लागेको हो ।
मंगलबार नेप्से १३.९७ अंकले बढेको हो । तर, लाभांशका कारण लगानीकर्ताहरूमा उत्पन्न निराशा नहटिसकेकाले बजार फर्ममा अाउन समय लाग्ने शेयर विश्लेषणकहरूको अनुमान छ । केही बाणिज्य बैंकहरूले नाफा बढेको प्रारम्भिक वित्तीय विवरण सार्वजनिक गरेकाले बजार बढ्नेमा केही अाशा गर्न सकिने उनीहरू बताउँछन् ।
लगानीकर्ताले गत अार्थिक बर्षको नाफाबाट बोनस शेयरको अपेक्षा गरेका थिए । तर सूचिकृत कम्पनीहरूले भने नगद लाभांश घोषणा गरेपछि उनीहरू निरूत्साहित भएका छन् । स्ट्यान्डर्ड चार्टर्ड बैंकलगायतका वित्तीय संस्थाको शेयर मूल्यलार्इ नगद लाभांश घोषणाले खस्कार्इदिएको छ ।
मंगलबार भएको शेयर कारोबारले फार्इनान्स समूह बाहेकका शेयरमा हरियाली छाएको छ । जीवन बीमा समूहको शेयर ७७.०९ अंकले बढेको छ भने बाणिज्य बैएंक समूहको शेयर कारोबार पनि १४.६९ अंकले सुधार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया