ओप्पोले नेपाली बजारमा ए सिरिजका स्मार्ट फोन ए सेभेन सार्वजनिक गर्ने

 काठमाडौँ । ओप्पोले नेपाली बजारमा ए सिरिजका स्मार्ट फोन अन्तर्गत आफ्नो नयाँ उत्पादन ए सेभेन सार्वजनिक गर्ने तयारी गरेको छ ।

शक्तिशाली ब्याट्री र प्रिमियम डिजाइन सहितको ओपो ए सेवन विशेष मितव्ययी मूल्यमा सार्वजनिक गर्न लागिएको कम्पनीले जनाएको छ ।

प्रिअर्डरको अवधि नोभेम्बर ६ देखि १४ सम्म रहेको कम्पनीले जानकारी दिएको  हो ।

फोनको फस्र्ट सेल्स ईभेन्ट भने नोभेम्बर १५ का दिन कम्पनीको पाको न्यूरोड स्थित आधिकारिक शोरुमबाट हुने, कम्पनीले प्रिअर्डर अवधिभर ईच्छुक उपभोक्तालो कम्पनीको पाको न्यूरोडस्थित आधिकारिक शोरुममा गई २ हजार रुपैयाँ अग्रिम भुक्तानी गरी फोन बुक गर्न सक्ने जनाएको छ ।

यसरी प्रिबुकिङ गर्ने उपभोक्ताले फास्र्ट सेल्स ईभेन्टका दौरानयूवा ढुकढुकी तथा नेपाली चलचित्र उद्योगकी सुपर स्टार, नायिक स्वस्तिमा खड्कालाई प्रत्यक्ष भेट्ने तथा उनीद्वारा अटोग्राफ्ट गरिएको फोन प्राप्तगर्ने अवसर पाउने छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?