अपेक्षा गरेभन्दा राम्रो नतिजा ल्याउँदैछौँ : सभापति लामिछाने

लोकपथ
195
Shares

काठमाडौंं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले अपेक्षा गरेभन्दा राम्रो नजिता ल्याउने बताएका छन् । आज मतदान सम्पन्न भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले देशभर नयाँ तरङ्ग पैदा गरेको बताए ।

“देशभरको रिपोर्टिङले उत्साहित छु”, उनले भने, “सबै मतदाताले विश्वास गरेका छौँ है भन्नुभएको छ ।” उनले देशभर प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा आफ्नो पार्टीको पक्षमा बलियो रूपमा आउने बताए । । “हामीले अपेक्षा गरेकोभन्दा पनि धेरै मत पाउँदैछौँ, देशभरबाट धेरै माया र विश्वास मतदाताले गर्नुभएको छ”, उनले भने ।

पहिलो पटक मतपत्रमा घण्टी चुनाव चिह्न देख्दा गर्वको महसुस भएको सभापति लामिछानेले बताए । “एकछिन मतपत्र हेरेर बसेँ,” उनले भने, “ठूलो जिम्मेवारी बोध महसुस भएको छ ।” देशैभरि देखिएको उत्साह र जिम्मेवारीलाई बहन गर्न पार्टी तयार रहेको उनले बताए । बलियो र दरिलो अभियानका साथ आएको भन्दै उनले पार्टी सरकारमा जान तयार भए पनि हतार भने नगर्ने बताए ।

लामिछानेले नागरिकता विषयमा निर्वाचन आयोगले सोधेको प्रश्नको विषयमा जवाफ दिन तयारी अवस्थामा रहेको बताए । आयोगले तोकेको समय अवधिमा आफूले जवाफ दिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?