अपेक्षा गरेभन्दा राम्रो नतिजा ल्याउँदैछौँ : सभापति लामिछाने

लोकपथ
247
Shares

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले अपेक्षा गरेभन्दा राम्रो नजिता ल्याउने बताएका छन् । आज मतदान सम्पन्न भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले देशभर नयाँ तरङ्ग पैदा गरेको बताए ।

‘देशभरको रिपोर्टिङले उत्साहित छु’, उनले भने, ‘सबै मतदाताले विश्वास गरेका छौँ, भन्नुभएको छ ।’ उनले देशभर प्रत्यक्ष र समानुपातिक तर्फको नतिजा आफ्नो पार्टीको पक्षमा बलियो रूपमा आउने बताए । ‘हामीले अपेक्षा गरेकोभन्दा पनि धेरै मत पाउँदैछौँ, देशभरबाट धेरै माया र विश्वास मतदाताले गर्नुभएको छ’, उनले भने ।

पहिलो पटक मतपत्रमा घण्टी चुनाव चिह्न देख्दा गर्वको महसुस भएको सभापति लामिछानेले बताए । ‘एकछिन मतपत्र हेरेर बसेँ,’ उनले भने, ‘ठूलो जिम्मेवारी बोध महसुस भएको छ ।’ देशैभरि देखिएको उत्साह र जिम्मेवारीलाई बहन गर्न पार्टी तयार रहेको उनले बताए ।

बलियो र दरिलो अभियानका साथ आएको भन्दै उनले पार्टी सरकारमा जान तयार भए पनि हतार भने नगर्ने बताए । लामिछानेले नागरिकता विषयमा निर्वाचन आयोगले सोधेको प्रश्नको विषयमा जवाफ दिन तयारी अवस्थामा रहेको बताए । आयोगले तोकेको समय अवधिमा आफूले जवाफ दिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?