बुधवारदेखि काठमाडौंमा १६ औँ हस्तकला मेला शुरु हुँदै

काठमाडौँ । भोली ‘बुधवार’देखि काठमाडौंको भृकुटीमयडपमा १६ औँ हस्तकला तथा १४ औँ प्रतियोगितात्मक हस्तकला व्यापार मेला शुरु हुँदैछ । 

नेपाल हस्तकला महासंघले आयोजना सञ्चालन हुन लागेको यो हस्तमेला मंसिर २ गतेसम्म चल्ने मंगलवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो । 

महासंघका अनुसार हस्तकला क्षेत्रको बजार प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागेको हो । मेलामा ६ वटा प्याभिलियनसहित करिब १ सय ७० स्टल राखिने छन् । मेलामा ७ वटै प्रदेशका उद्यमी व्यापारीसहित भारत, भुटान, चीन, बंगलादेश तथा पाकिस्तान लगायतका अन्तर्राष्ट्रिय व्यापारीको सहभागिता रहने पनि बताइएको छ । 

प्रदर्शनीका अवसरमा बीटुबी मिटिङसमेत राखिएको छ । बीटुबी मिटिङमा भारत, चीन, जर्मनी र जापानका आयातकर्ताहरूले सहभागिता जनाउने महासंघका अध्यक्ष धर्मराज शाक्यले जानकारी दिए।

पाँच दिनसम्म चल्ने यो मेलामा उनी तथा सुती एवं ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, छालाजन्य सामान, प्राकृतिक रेसा र बाँसका सामानहरू साथै जडिबुटी, अर्थोडक्स चिया आदिको प्रदर्शन तथा बिक्रीका लागि राखिने महासंघले जनाएको छ ।

मेलामा झन्डै २ लाख अवलोकनकर्ता अवलोकन गर्ने तथा १० करोडभन्दा बढीको कारोबार हुन सक्ने महासंघ अनुमान रहेको छ । 

मेलामा हस्तकला विधामा संलग्न कलाकारहरूको प्रतिभा पहिचान गर्न १४ औँ हस्तकला प्रतियोगिता समेत आयोजना गरिएको छ । यस वर्ष मैनको मूर्ति बनाउने र ढाकाको कपडा बुनाइ विषयलाई समेटिएको छ ।

नेपालमा हस्तकलाको बजार करिब १० अर्बको छ भने सोही मात्रामा निर्यात हुने गरेको छ । अमेरिका, युरोपियन मुलुकहरू, चीन, भारतलगायत अन्य मुलुकमा २५ भन्दा बढी बिभिन्न प्रकारका हस्तकला वस्तुहरूको निर्यात भइरहेको छ । 

हस्तकला क्षेत्रमा झन्डै ११ लाख व्यक्तिले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपबाट रोजगारी प्राप्त गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?