विश्वकप सुरु हुनैलाग्दा भायानेटको आईपीटिभी डाउन

लोकपथ
78
Shares

काठमाडौं । इन्टरनेट तथा टिभी सेवा प्रदायक भायानेट कम्युनिकेसनको आईपीटिभी डाउन भएको छ । फिफा विश्वकप फुटबलको उद्घाटन सुरू हुन अब केही समय मात्र बाँकी रहँदा कम्पनीको भायाटिभी सेवामा समस्या आएको हो ।

विश्वकप फुटबल प्रसारणको लाइभको प्याकेज खरिद गर्ने प्रयोगकर्ताको संख्या ह्वात्तै बढ्दा आईपीटिभी डाउन भएको कम्पनीले जनाएको छ । कम्पनीले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै आदरणीय ग्राहक महानुभावहरू, उच्च ट्राफिकको कारणले, तपाईंले टिभीसेवा र वर्ल्डकप कुपन खरिदमा समस्या सामना गरिरहनुभएको हुनसक्छ । हामी चाँडोभन्दा चाँडो समस्या समाधान गर्न काम गरिरहेका छौं भनेको छ ।

फिफा विश्वकप २०२२ आजदेखि सुरुवात हुँदैछ । नेपालमा विश्वकप फुटबलको लाइभ सशुल्क रूपमा हिमालय प्रिमियमबाट मात्र हेर्न सकिन्छ । उक्त च्यानल खरिदका लागि उपभोक्ताले करसहित पाँच सय ६५ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

सोही प्याकेज खरिद गर्ने क्रममा ट्राफिक बढी हुँदा आइपीटिभी सेवा प्रभावित भएको हुनसक्ने कम्पनीको भनाइ छ । यसका साथै ईसेवा, खल्तीलगायतका वालेटले पनि राम्ररी काम नगरेको प्रयोगकर्ताले गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?