सानिमा बैंकले शुरु ग-यो ‘थ्रि इन वान एकाउन्ट’, घरैबाट गर्नुस् शेयर कारोबार

काठमाडौं ।  सानिमा बैंकले घरैमा बसेर शेयर कारोबार गर्न सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ । 

नेपालमा पहिलो पटक नयाँ सेवा ल्याएको दावी गर्दै सानिमा बैंकले ‘थ्रि इन वान’ एकाउन्ट सेवाको शुरु गरेको बताइएको छ । बिल्कुलै नयाँ सेवाका रुपमा नेपालमा भित्र्याइएको यो सेवा ग्राहकवर्गहरुले आफ्नो घर, कार्यलय तथा संसारको कुनै पनि स्थानबाट अनलाइनमार्फत शेयर कारोबार गर्न सक्नेछन् । 

शेयर कारोबारको रकम राफसाफ गर्नको लागि बैंक वा ब्रोकर कार्यालय धाउनु नपर्ने पनि बैंकले जनाएको छ ।  यो सेवा बैंकले सानिमा क्यापिटलसँगको सहकार्यमा प्रदान गर्नेछ। 

यसका लागि सानिमा क्यापिटलले शेयर ब्रोकर कम्पनीहरुसँग थप सहकार्य गरेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?