३ भाद्र २०७९, शुक्रवार

बेसहारा बालबालिकाका अभिभावक राष्ट्रपति बनेपछि …

२०७४,कार्तिक,२,बिहीवार १३:२४

0
Shares

–सिबी अधिकारी काठमाडौँ- बालमन्दिर नक्सालकी १४ वर्षीया सत्या महरा जन्मदै अभिभावकविहिन थिइन् तर के फरक प-यो र ? उनले अहिले राष्ट्रप्रमुख नै अभिभावक पाएकी छिन् ।मैतिदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा कक्षा ८ मा अध्ययनरत् महरा राष्ट्रपतिसँग साक्षात्कार गर्न पाउँदा आफूलाई निकै भाग्यमानी ठान्छिन् ।मेरो अभिभावक थाहा छैन तर मैले राष्ट्रपति नै अभिभावक पाएकी छु त्यसैले म असाध्यै खुसी छु,’–उनले भनिन् ।दियाँ स्कुल हाडिगाउँमा कक्षा ९ मा अध्ययनरत् विनिता थामी पनि राष्ट्रपतिसँग पटक–पटक भेट्न पाउँदा रमाइलो अनुभव सुनाउछिन् । दुवैको जन्म घर र अभिभावक नै बाल मन्दिर बनेको छ ।यी प्रतिनिधि बालिकाजस्तै बालमन्दिरका ४३ जना बालिकाले आज राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट गुन्यू चोलो प्राप्त गरे । बाल मन्दिरले जुटाएको यो अवसरमा ६ देखि १६ वर्षका बालिका सहभागी थिए ।बाबुआमाबाट बेसहारा बनेका, शारीरिक अपाङ्गता भएका यी भाग्यमानी बालिका जो राष्ट्रप्रमुख अभिभावक पाएर पटकपटक शीतल निवास पुग्छन् तर अरू सामान्य अभिभावकसँगै रहेका बालबालिकाले यो अवसर पाउदैनन्, त्यस मानेमा यी बालबालिका निकै भाग्यमानी सावित बनेका छन् ।बाल मन्दिरका संयोजक शशी रजक पनि बेसहारा बालबालिकालाई छोराछोरी बनाउन पाएकोमा खुसी छन् । राष्ट्रपतिबाट गुन्यू चोलो उपहार बालिकालाई दिने अवसर बाल मन्दिरले पाउँदा असाध्यै गौरबको अनुभूति भएको सुनाए ।यी बालिका अहिले मात्र हैन यो सहित तीन पटक राष्ट्रपतिसँग भेटगर्ने अवसर पाए । अघिल्लो माघेसक्रान्ति र दशैँको नवमीमा पनि यसरी नै राष्ट्रपतिसँग भेट गरेका थिए ।राष्ट्रपति कार्यालयका आमन्त्रित पण्डित विष्णुप्रसाद खतिवडाले आज लक्ष्मीपूजाको अवसर भएकाले लक्ष्मीस्वरुप बालमन्दिरका असहाय बालबालिकालाई राष्ट्रपतिबाट गुन्यू चोलो प्रदान गरिएको बताए ।उनका अनुसार आठ देखि १३ वर्षका बालिकालाई गुन्यू चोली दिइन्छ । हिन्दू संस्कारअनुसार कन्यालाई देवीको रुपमा पूजा गरिन्छ ।तत्कालीन संसद्को महिला बालबालिका तथा समाज कल्याण समितिका सभापति रन्जु ठाकुरले पनि राष्ट्रपतिले बाल मन्दिरका बालबालिकालाई बोलाएर गुन्यू चोलो दिने उत्कृष्ठ कार्यक्रम भएको र यसलाई निरन्तरता दिनुपर्ने बताइन् । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सहसचिव राधिका अर्यालले बाबुआमा नभएका र संरक्षण नभएका बालबालिका लागि यस्तो किसिमको कार्यक्रमले उनीहरुलाई अभिभावक भएको महशुस हुने हुदाँ राष्ट्रप्रमुखबाटै यस्तो कार्यक्रम आयोजना गरिनु निकै खुसीको विषय भएको बताइन् ।उनले आगामी दिनमा पनि यस्तै कार्यक्रम गरेर यी बालबालिकालाई प्रेरणा जगाई उनीहरुको शारीरिक, मानसिक विकासमा सहयोग गर्न जरुरी भएको उल्लेख गरिन् ।राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले अभिभावकविहीन, अनाथ तथा शारीरिक अपाङ्गता भएका बालबालिकालाई राष्ट्रपतिबाट अभिभावकत्व प्रदान गर्ने नौलो परम्परा शुरु भएको बताए ।बाल मन्दिरअन्तर्गत अहिले ३८८ जना बेसहारा बालबालिका छन् । देशका ७५ जिल्लामा ७८ वटा बाल मन्दिर (विद्यालय) छन् भने ११ वटा बालगृह रहेका छन् । वि.सं. २०२१ सालमा तत्कालिन मुमाबडामहारानी रत्नराज्यलक्ष्मी शाहको पालादेखि परोपकारी संस्था बाल मन्दिरको स्थापना भएको थियो ।

प्रकाशित मिति: २०७४,कार्तिक,२,बिहीवार १३:२४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पश्चिम तराईका थारु समुदायले धान उत्पादनमा वृद्धि हुने विश्वासका साथ हरेरी पूजा मनाएका छन् । परापूर्वकालदेखि हरेरी पूजा

चितवन । चितवनको ईच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ६ जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लंघन

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिकाभित्रका एचआईभी संक्रमितलाई मासिक भत्ता दिने भएको छ । गाउँकार्यपालिका बैठकले संक्रमितहरूका लागि मासिक एक

ताजा समाचार

जुम्लाबाट ‘प्रकाश’को वर्ल्ड प्रिमियर
 २०७९,भाद्र,३,शुक्रवार १६:०१