शेयरको भाउ घटिरहेको स्टान्डर्ड चार्टर्डलार्इ ३ महिनामा १३ करोड नाफा

काठमाडाैं : अाफ्ना शेयरधनीलार्इ १७.५% नगद लाभांश मात्रै दिएपछि अार्इतबारदेखि शेयरको मूल्यमा गिरावट भोगिरहेको स्ट्यान्डर्ड चार्टर्ड बैंकले चालु अार्थिक बर्षको पहिलो त्रैमासमा ६३ करोड ४१ लाख रूपैयाँ खुद नाफा कमाएको छ । तर, पूँजी बृद्धि गरेको बैंकको प्रतिशेयर अाम्दानी भने १८ रूपैयाँ २९ पैसाले घटेको छ । 

गत अार्थिक बर्षको पहिलो त्रैमासमा यो बैंकले ५० करोड २ लाख खुद नाफा कमाएको थियो । गत बर्षको सोही अवधिको तुलनामा यो बर्ष बैंकले १३ करोड ३९ लाख रूपैयाँ बढी नाफा कमाएको छ । 

यस्तै, गत बर्षको सोही अवधिमा ४९ रूपैयाँ ९५ पैसा प्रतिशेयर अाम्दानी रहेकोमा चालु अार्थिक बर्षको पहिलो ३ महिनामा यो बैंकको प्रतिशेयर अाम्दानी ३१ रूपैयाँ ६६ पैसामा खस्केको छ । यो अविधमा स्ट्यान्डर्डको प्रतिशेयर अाम्दानी १८ रूपैयाँ २९ पैसाले घटेको हो । 

यो बैंकले गत बर्ष शतप्रतिशत बोनस शेयर दिएको थियो । बोनस शेयर बिक्रीपछि बैंकको चुक्ता पूँजी ८ अर्ब १ करोड १४ लाख रूपैयाँ कायम भएइको थियो । यसपछि बैंकको जगेडा कोष पनि १ अर्ब ६८ करोड २४ लाख रूपैयाँले घटेको छ । 

 यो अवधिमा स्ट्यान्डर्डको निक्षेप संकलन समेत ५ अर्ब ९५ करोड रूपैयाँले घटेको देखिएको छ । तर, कर्जा लगानी भने ७ अर्ब ५२ करोड रूपैयाँले बढेको छ ।

यो पनि : 

स्ट्यान्डर्ड चार्टर्ड बैंकको शेयर मूल्यमा उच्च गिरावट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?