अाजदेखि स्वरोजगार लघुवित्तको ११ हजार कित्ता शेयर लिलामीमा

काठमाडाैं : बनेपामा प्रधान कार्यालय रहेको स्वरोजगार लघुवित्तले अाजदेखि ११ हजार १२९.१ कित्ता शेयर लिलामीमा राखेको छ । 

गत साउन १३ देखि भदाै १७ गतेसम्म अाफ्ना शेयरधनीलार्इ बिक्री गर्न ल्याएको हकप्रद नबिकेपछि सोही शेयर लिलामीमा राखिएको यो वित्तीय संस्थाले जानकारी दिएको छ ।

स्वरोजगारको लिलामी शेयर सकार्न चाहने लगानीकर्ताले दोस्रो बजारमा कारोबार भर्इरहेको यो कम्पनीको शेयरमूल्यका अाधारमा खरिद प्रस्ताव पेश गर्नुपर्छ । सोमबार यो लघुवित्तको प्रतिकित्ता शेयर ५८९ रूपैयाँमा कारोबार भएको छ । 

सर्वसाधारण समूहतर्फको यो शेयरका लागि इच्छुक लगानीकर्ताले मंसिर ४ गतेसम्म अावेदन दिर्इसक्नुपर्ने बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जानकारी गराएको छ । एनएमबीको नागपोखरीस्थित कार्यालय र एनएमबी बैंकका वीरगञ्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत, विराटनगर, बुटवल र धनगढीबाट शेयर खरिदका लागि अावेदन दिन सकिनेछ । 

यो लघुवित्तको असोज २० गते बसेको साधारणसभाले अाफ्ना शेयरधनीलार्इ २०% बोनस वितरण गर्ने प्रस्ताव गरेको छ । हाल यो लघुवित्तको चुक्तापूँजी २६ करोड ९४ लाख ९३ हजार रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?