यस्तो छ प्रहरीको अपराध फाइलः लक्ष्मीपूजाको दिन देशभर के—के घटना घटे?

काठमाडौं, २ कात्तिक— आज तिहारको लक्ष्मीपूजाको दिन । आजको दिन देशभर के—के घटना घटे ? प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार देशभर घटेका घटनाको विवरण यस्तो छ :जुवातास खेल्नेहरु पक्राउ —काठमाडौं— काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित शिबम बानियाको घरमा जुवातास खेलिरहेको अबस्थामा नगद १ लाख १४ हजार ४ सय २५ रुपैयाँ र २२ बुक तास सहित १३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।कास्की ः पोखरा लेखनाथ महानगरपालिका–१६ दिपस्थित सानु शाहीको कोठामा तास खेलिरहेको अवस्थामा निज शाही लगायत ४ जनालाई नगद २ लाख १ हजार ७ सय ३५ रुपैयाँ र ३ बुक तास सहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।मोरङः बिराटनगर महानगरपालिका–५ जामुनगाछी बस्ने बुद्धहर्क लावतीको घरमा जुवातास खेलिरहेको अवस्थामा निज लावती समेत १९ जनालाई नगद ८९ हजार २ सय २० रुपैयाँ, भारतीय रुपैयाँ ५ सय, कौडा १६ पिस र ३ बुक ताससहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।यसैगरी मोरङको बिराटनगर महानगरपालिका–१७ स्थित रघुपति लाईनक्वाटर बस्ने निरज श्रेष्ठको घरमा अबैध जुवातास खेलिरहेको अवस्थामा विराटनगर–१६ बस्ने ४२ वर्षीय पुर्णकुमार डंगोल समेत १७ जनालाई नगद २ लाख ४२ हजार १ सय ८२ रुपैयाँ र तास ३ बुक सहित बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ ।उदयपुरः त्रियुगा नगरपालिका–११ मा जुवातास खेलिरेहेको अवस्थामा नगद २ लाख ७२ हजार ९ सय ८० रुपैयाँ, जुवामा पैसाको रुपमा प्रयोग गरिने क्वाईन ५० लेखिएको ३० थान, १ सय लेखिएको २९ थान, कौडा ३२ थान, तास ६ सय ८७ पिस, मोबाईल २१ थान, बैंकको चेक १ ठेली र जुवाजन्य सामान सहित २० जनालाई तथा रौतामाई गाउँपालिका–७ मुर्कुची बजारबाट कौडा १६ थान र नगद ८६ हजार रुपैयाँ सहित १० जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।ओखलढुङ्गाः सिद्धिचरण नगरपालिका–३ अधेरी नारायणस्थानस्थित डिल्लीबहादुर गुरुङको घरमा जुवा खेलिरहेको अबस्थामा नगद २४ हजार ८ सय २५ रुपैयाँ र कौडा १६ थान सहित सिद्धिचरन नगरपालिका–३ बस्ने २६ वर्षीय रमेश गुरुङ समेत ११ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।सुनसरीः धरान उपमहानगरपालिका–१७ स्थित दिलिपकुमार भण्डारीको घरमा कौडा खेलिरहेको अवस्थामा ८ जनालाई कौडा १६ वटा र नगद १ लाख ३ हजार ७ सय २५ रुपैयाँ सहित प्रहरीले गएराति पक्राउ गरेको छ ।विभिन्न प्रकारका पटका बरामदःकाठमाडौंः दक्षिणकाली नगरपालिका–६ अस्थायी प्रहरी पोष्ट फर्पिङ बसपार्कमा विभिन्न सवारी साधन जाँच गर्नेे क्रममा बुधबार फेला परेका झिरझिरे १० प्याकेट, रकेट २ प्याकेट, गोल चक्र १ प्याकेट, फुल जडी १५ वटा, खुर्सानी पट्का २ वटा, नाम नखुलेको पटका १ पिस प्रहरीले बरामद गरेको छ ।यसैगरी काठमाडौं महानगरपालिका–७ चावहिल गणेशस्थानस्थित पर्साका ३५ वर्षीय मोहम्मद हुसेनको टेलर्स पसलबाट विभिन्न प्रकारका २ सय ७० थान पटका फेला पारी निज हुसेनलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ ।ललितपुरः गोदावरी नगरपालिका–१२ थेचो बस्ने ४७ वर्षीय दानमाया महर्जनको किराना पसलबाट रकेट बम ११ थान, कलर स्पाकर्स १० थान, रोलक्याप ३ प्याकेट, रोलक्याप १७ पिस, रातो पटका १ सय ७ पिस र प्लाष्टिकको पेस्तोल ८ थान तथा सोही ठाउँ बस्ने मुना महर्जनको किराना पसलबाट रातो पटका ५ प्याकेट, रातो पटका ४३ पिस, रोलक्याप ८ प्याकेट, रोलक्याप २१ पिस र ग्रीन सिग्नल ३ पिस फेला पारी नियन्त्रणमा लिएको छ ।भक्तपुर ः भक्तपुर नगरपालिका–२ सानोठिमीस्थित लक्ष्मी ढुङगानाको पसलबाट डायमन्ड किङ कोब्रा नामको खुर्सानी पट्का ६ प्याकेटमा रहेको १ सय ५६ पिस बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ ।यसैगरी भक्तपुर नगरपालिका–१ श्रृजनानगरस्थित तनहुँकी ३० वर्षीया रमा श्रेष्ठको किराना पसलबाट ३९ प्याकेट कोभ्रा पटका बुधबार प्रहरीले फेला पारी बरामद गरेको छ ।बाग्लुङ्ग ः ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा पसल गरी बस्ने ४० वर्षीय बिमलकुमार कुवँरलाई उनको किराना पसलमा रहेका बिभिन्न किसिमका ८४ प्याकेट पटका र खुल्ला रहेको ५ पिस पटका सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ । १ प्याकेटमा १२ पिसका दरले राखेको अवस्थामा उक्त पटका बरामद भएको हो ।नदीले बगाई वेपत्ताःतनहुँ— देबघाट गाउँपालिका–५ बेनीसंगमस्थित काली र त्रिशुली नदी मिसिएको ठाउँमा पौडी खेल्ने क्रममा रुपन्देहीको बुटवल उप–महानगरपालिका–१५ बस्ने २८ वर्षीय राजकुमार श्रेष्ठ र ३८ वर्षीय चन्द्र श्रेष्ठ बिहीबार नदीले बगाई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय देबघाटबाट प्रहरी टोली खटी गई उनीहरुको खोजी कार्य गरिरहेको छ ।सवारी दुर्घटनामा मृत्यु तथा घाइतेकाठमाडौं, २ कात्तिकडोटीः बडीगेदार गाउँपालिका–२ खड्यौलीस्थित शुनालेकबाट धनगढीतर्फ जाँदै गरेको ना.३ ख ५६४८ नम्बरको बस बिहीबार सडकबाट करीव १ सय ५० मिटर तल खस्न गई दुर्घटना हुँदा गाडीमा सवारमध्ये डोटीको बडीकेदार गाउँपालिका–४ भुजेनी बस्ने ४७ वर्षीय जगदिश चन्द समेत ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य २१ जना घाइते भएकोले उपचारको लागि धनगढीतर्फ पठाइएको छ ।झापाः कमल गाउँपालिका–६ गेउरियास्थित सडकमा मे.१ च ४९६३ नम्बरको छोटा हात्तीगाडी र को.२७ प २९८९ नम्बरको मोटरसाइकल बुधबार एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक झापाको गौरादह नगरपालिका–१ बस्ने ३४ वर्षीय योगेन्द्र अधिकारीको उपचारको लागि दमक लाइफलाईन अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । छोटा हात्तीगाडीमा सवार ४ जना घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।सुनसरीः ईटहरी उप–महानगरपालिका–१७ स्थित पूर्ब–पश्चिम राजमार्गमा बा.१३ ज ३३४१ नम्बरको कार र को.११ प ८०८५ नम्बरको मोटरसाइकल गएराति एकआपसमा ठक्कर खाँदा भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सुनसरीको रामधुनी नगरपालिका–४ बस्ने २३ वर्षीय उपेन घिमिरेको बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको छ । घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने २२ वर्षीय कमल घिमिरेको उपचार भइरहेको छ । कारचालक फरार भएकोले खोजी कार्य भइरहेको छ ।नवलपरासीः कावासोती नगरपालिका–१६ कोटटाडीस्थित पुर्व–पश्चिम राजमार्गमा टायर पन्चर भई सडक छेउमा रोकी राखेको ना.६ ख १६५३ नम्बरको ट्रकमा ना.४३ प ८४०५ नम्बरको मोटरसाइकल बिहीबार ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक मध्यविन्दु नगरपालिका–६ बस्ने २१ वर्षीय अनिल महतो र मोटरसाइकलमा सवार २० वर्षीय प्रकाश महतो गम्भीर घाइते भएकोमा पुरानो मेडिकल भरतपुर चितवनमा उपचारको क्रममा दुबैजनाको मृत्यु भएको छ । ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।सुनसरीः दुहवी नगरपालिका–४ डाँगा चोकस्थित कोशी राजमार्गमा डब्ल्यू बि १५ ए ७९९५ भारतीय नम्बरप्लेटको ट्रक र को.२० प ६०५९ नम्बरको मोटरसाइकल बुधबार एकआपसमा ठक्कर खाँदा भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार दुहवी नगरपालिका–४ बस्ने २५ वर्षीय पुन्तोष चौधरीको बिराटनगर गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । सोही ठाउँ बस्ने १७ वर्षीय संजय सुब्बा र २५ वर्षीय कृष्ण बिश्वासको गम्भीर अवस्थामा उपचार भइरहेको छ । ट्रक र मोटरसाइकल ठोकिदा मोटरसाइकल पूर्णरुपमा जलेर क्षति तथा ट्रकमा सामान्य क्षति भएको छ । ट्रक चालक फरार भएकोले खोजी भइरहेको छ ।पोखरीमा डुबेर मृत्युःबारा— घर नजिकैको माछा पोखरीको छेउमा खेल्ने क्रममा बिहीबार अचानक पोखरीमा डुबेर गम्भीर घाइते भएका बिश्रामपुर गाउँपालिका–५ इटिहाई बस्ने हरिन्द्र पटेलको छोरा २ वर्षीय राजकुमार पटेलको उपचारको लागि नेशनल मेडिकल कलेज बीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।माटो फाल्ने मेशिनको इन्जिनभित्र खसेर मृत्युःदाङ— तुलसीपुर उपमहानगरपालिका–१८ दुधरासस्थित सोनपुर सिमेन्ट कारखानामा काम गर्ने कामदार कञ्चनपुरको कृष्णनगर नगरपालिका–९ बस्ने २६ वर्षीय अम्मर राना र इन्जिनियर पदमा कार्यरत भारत पश्चिम बंगाल घर भएका ५० वर्षीय सब्बीर हुसेनको माटो हाल्ने मेशिन सफा गर्ने क्रममा बुधबार मेशिनको इन्जिनभित्र खसेर मृत्यु भएको छ । गम्भीर घाइते भएका उनीहरुलाई तत्काल उपचारको लागि राप्ती उपक्षेत्रीय अस्पताल घोराही पठाएकोमा उपचारको क्रममा दुवैजनाको मृत्यु भएको हो ।करेन्ट लागेर मृत्युःमोरङ— आफ्नै घरमा बत्ती बाल्ने क्रममा बुधबार अचानक करेन्ट लागेर गम्भीर घाइते भएकी पथरी शनिश्चरे नगरपालिका–१० बस्ने ४२ वर्षीया ओमकुमारी बस्नेतको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।मुगुः छाँयानाथ रारा नगरपालिका–१ बस्ने सुर्जबहादुर मल्लको घरमा बुधबार आगलागी हुन गई नजिकैको रणबहादुर रोकायाको घरमा समेत आगलागी हुँदा दुवैजनाको घर, नगद, सुनचाँदी र लत्ताकपडा समेत गरी करीव ७२ लाख रुपैयाँ बरावरको धनमाल जलेर नष्ट भएको छ । आगो निभाउने क्रममा प्रहरी हवल्दार नेमकुमार जैसी अचानक लडेर घाइते भएकोले उपचारको लागि जिल्ला अस्पताल पठाइएको छ ।सर्लाही ः चन्द्रनगर गाउँपालिका–२ स्थित कमल साहको घरमा रहेको बैजुलाल महतोको न्यू च्वाईस टेलर्समा बिहीबार करेन्ट सट भई आगलागी हुँदा टेलर्समा रहेका सिलाएको कपडा, पिस कपडा, टेबुल, आईरन र नगद ४ हजार ५ सय गरी करीव ३ लाख ८ हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।प्रहरी र स्थानीयबासीको सहयोगमा उक्त आगो नियन्त्रणमा आएको थियो । सबै घटनाबारे सम्बन्धित प्रहरीबाट अनुसन्धान भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?