आज निर्वाचन : कस्तो रहला दिनभरको मौसम ?

लोकपथ
65
Shares

काठमाडाैँ । आज देशभर आम निर्वाचन हुँदैछ । यस दिन मौसममा भने पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १ र गण्डकी प्रदेशका पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आइतवार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ।

आइतवार राति  प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?