रुपन्देहीमा मतदान स्थलको तयारी पूरा

लोकपथ
13
Shares

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि रुपन्देहीमा मतदान स्थल तयार भएको छ । रुपन्देहीको बुटवल बहुमुखी क्याम्पसमा रहेको मतदान स्थल सबै किसिमबाट भोलिको मतदानका लागि तयार भएको हो ।

बुटवल बहुमुखी क्याम्पसमा ६ वटा मतदान केन्द्रहरु स्थापना गरेको मतदान अधिकृत हरिप्रसाद पण्डितले बताए । अपाङ्ग, अशक्त, दीर्घरोगी र वृद्धवृद्धाहरुका लागि छिटो छरितो मतदान सम्पन्न गर्न त्यही अनुरुपको मतदान स्थल निर्माण गरेको बताए ।

भोलि एकै चरणमा हुने प्रतिनिधि एवम् प्रदेश सभा सदस्य निर्वाचनको लागि निर्वाचनसम्बन्धी सबै तयारी भइसकेको निर्वाचन आयोगले बताएको छ ।

भोलि हुने निर्वाचनलाई सुरक्षित, भयरहीत, निष्पक्ष, स्वतन्त्र, विश्वसनीय बनाउनका लागि सरकारले आवश्यक सुरक्षाकर्मीहरु तैनाथ गरेको छ । निर्वाचनका लागि मुख्य शहरहरुबाट मतदान गर्न आम नागरिकहरु पनि आ–आफ्नो घर जाने क्रम जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?