किसान श्रेष्ठविरुद्ध प्रचार गरेपछि कांग्रेसले गर्‍यो तीन नेतालाई कारवाही

लोकपथ
49
Shares

काठमाडाैँ । नेकपा एकीकृत समाजवादीको तर्फबाट प्रतिनिधित्तव गर्दै सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभका उम्मेदवार बनेका बारा -४ का  कृष्णकुमार श्रेष्ठ ‘किसान’ को विरुद्ध प्रचार गरेको आरोपमा नेपाली कांंग्रेसले आफ्ना पार्टीका ३ जना नेताहरूलाई कारवाही गरेको छ ।

केन्द्रीय अनुसाशन संयोजक आनन्द प्रसाद ढुंगानाले एक विज्ञप्ति जारी गर्दै पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा ३४ अनुसार पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारवाही गरेको उल्लेख गरेका छन्।

निष्काशित हुनेहरुमा बारा जिल्ला उपसभापति अमिरीलाल राउत, जिल्ला सदस्य हरिप्रसाद थपलिया र क्षेत्रिय प्रतिनिधि सुशील ढोडारी रहेको विज्ञप्तिमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?