अत्तालिएका गिरोहले भ्रम फैलाए, गठबन्धनको उद्देश्यमा प्रतिबद्ध छौँ : प्रचण्ड सचिवालय

लोकपथ
91
Shares

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले सामाजिक सञ्जालमा गठबन्धनप्रति फैलाएको भ्रमप्रति आपत्ति जनाएको छ।

नेपालका केहि चलेका अनलाइन न्युज पोर्टलहरूको नक्कली फोटोसप तयार गरी गठबन्धन सम्बद्ध दलहरूबीच आपसी अविश्वास र जनस्तरमा भ्रम सिर्जना गर्ने उद्देश्यले खडा गरिएको कु प्रचारको घोर निन्दा र भर्त्सना गरेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले फेसबुकमार्फत बताएका छन् ।

उनले शनिबार फेसबुकमा पोस्ट गर्दै लेखेका छन्, ‘लोकतान्त्रिक मूल्य, मान्यता, विधिको शासन र स्वतन्त्र निर्वाचन प्रणालीमाथि चुनौती दिँदै, निर्वाचनको सम्भावित परिणामबाट अत्तालिएका, घोर षड्यन्त्रकारी, अलोकतान्त्रिक र अपराधी गिरोहद्वारा निर्वाचन आचारसंहिता कुल्चिएको छ।’हामी गठबन्धनको उद्देश्यमा प्रतिबद्ध छौँ । यो दुष्प्रचारमा संलग्न दोषी माथि तत्काल कारबाही गर्न निर्वाचन आयोग र सरोकारवाला सबैमा हार्दिक आग्रह गर्दछु’  ।

उनले दोषीलाई कारबाही गर्न माग समेत गरेका छन्। निर्वाचन निर्वाचन आयोग र सरोकारवाला सबै दुष्प्रचारमा संलग्नलाई कारबाही गर्न माग गरेका छन्।

उनले भनेका छन्, ‘ज जसको न्युज पोर्टल दुरुपयोग गरिएको छ। ती संचार माध्यमका साथीहरूलाई यसको खण्डन गर्न र यस प्रकारको अपराधमा संलग्नलाई कठघरामा उभ्याउन समुचित पहलको लागी पनि अनुरोध गर्दछौँ ।’

शनिवार बिहान  नेपालका केहि चलेका अनलाइन न्युज पोर्टलहरूको नक्कली फोटोसप तयार गरी गठबन्धन सम्बद्ध दलहरूबीच आपसी अविश्वास र जनस्तरमा भ्रम सिर्जना गर्ने उद्देश्यले विभिन्न सामाग्रीहरु सामाजिक सञ्जालमा आएका थिए । साथै उक्त सामाग्रीहरु आफूले नबनाएको सम्बन्धित मिडियाहरुले बताएका छन् ।

हेराैँ,प्रचण्डका स्वकीय सचिव रमेश मल्लले गरेरे पाेस्ट :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?