निर्वाचन आयोगको केन्द्रीय कार्यालय अगाडि विरोध प्रर्दशन (फोटोफिचर)

लोकपथ
26
Shares

काठमाडौं । भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत देशभर मतदान हुँदैछ। मतदानको सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ।

तर, केही समूह भने निर्वाचन बिथोल्न लागिपरेका छन्। आज नेकपा क्रान्तिकारी माओवादीका कार्यकर्ताले निर्वाचन बहिष्कार गर्नुपर्ने भन्दै विरोध प्रदर्शन गरेको छ। मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादीले बहादुर भवनमा रहेको निर्वाचन आयोगको केन्द्रीय कार्यालय बाहिर उनीहरुले प्रदर्शन गरेका हुन्।

करिब १० जनाको समूहमा उनीहरु प्रदर्शन गर्न पुगेका थिए। लगतै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

तस्बिरहरु :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?