नेपाल बंगलादेश क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड मर्ज हुने

लोकपथ
13
Shares

काठमाडौं । नेपाल बंगलादेश क्यापिटल लिमिटेड र नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड मर्ज हुने भएका छन् । दुबै कम्पनीको माउ कम्पनी नबिल बैंक र नेपाल बंगलादेश बैंक मर्ज भई एकीकृत कारोबार शुरु गरे पश्चात यि दुई बैंकहरुको सहायक कम्पनी पनि मर्ज हुन लागेका हुन ।

मर्जरको लागि नेपाल बंगलादेश क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङले एकै दिन छुट्टाछुट्टैरुपमा बिशेष साधारण सभाको आब्हान गरेको छ । सो अनुसार नबिलले यही मंसिर १८ गते कम्पनीको केन्द्रीय कार्र्यालय नक्सालमा बिशेष सभा गर्न लागेको छ भने नेपाल बंगलादेशले पनि नबिल बैंकको केन्द्रीय कार्यालयमा यही मंसिर १८ गते बिशेष साधारण सभा गर्न लागेको छ ।

सभामार्फत यि दुबै कम्पनीले मर्जरको प्रस्ताव पारित गर्ने तयारी गरेका छन् । यसका अतिरिक्त डिडिए रिर्पोट तयार गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने तयारी पनि यि दुई कम्पनीहरुले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?