२२ माघ २०७९, आईतवार

निर्वाचनपछि आउने सांसदहरूको लागि तयार हुँदै सिंहदरबारमा नयाँ संसद् भवन (फोटोफिचर)

२०७९,मङ्सिर,३,शनिवार १३:०३

9
Shares

काठमाडौं । प्रतिनिधिसभाको मंसिर ४ गते हुने निर्वाचनबाट निर्वाचित भएर आउने नयाँ सांसदहरूको कार्यकाल नयाँ भवन देखि सुरु गर्ने भनिए पनि चुनाव पछि तत्कालै सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनमा सर्न नपाउने भएका छन् ।

सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद् भवन निर्माणमा भएको ढिलासुस्ती र आलटालका कारणले निर्वाचित भएर आउने सांसदहरूले नयाँ भवनबाट कार्यकाल शुभारम्भ गर्ने अवसर नपाउने भएका हुन् ।

सिंहदरबारको पुतली बगैँचामा निर्माणाधीन संसद् भवनको भौतिक प्रगति ६० प्रतिशत मात्र पुगेको छ । विसं २०७६ असोज १६ गते सम्झौता भई निर्माण शुरु भएको उक्त भवनको हालसम्मको वित्तीय प्रगति ६० प्रतिशत रहेको आयोजनाले जनाएको छ । सम्झौताअनुसार नयाँ संसद् भवन २०७९ असोज १५ गतेभित्र सम्पन्न हुनुपर्ने थियो ।

समयमै भवन निर्माण नहुँदा राज्यको वार्षिक १५ करोड रुपैयाँ पुरानै ठाँउमा तिर्दैमा सकिएको छ । संघीय संसद् सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेयका अनुसार, २०६५ सालदेखि संसद् बैठक बस्दै आएको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको वार्षिक १५ करोड रुपैयाँ भाडा तिर्नुपर्दछ ।

कुल १ सय ५१ रोपनीमा निर्माणाधीन संघीय संसद् भवन पाँच तले बन्नेछ । माथिल्लो सदन (राष्ट्रिय सभा), तल्लो सदन (प्रतिनिधि सभा), संसद् सचिवालय, राजनीतिक दलहरूका संसदीय दलको कार्यालय, विभिन्न समितिका भवन र सभा कक्ष तथा करिब तीन सयजना क्षमताको सुरक्षाकर्मी भवन छुट्टाछुट्टै निर्माण गरिनेछ।

आयोजनामा १२ वटा भवनसहित चारवटा गेट र ल्याण्ड स्केपिङ्ग पनि हुनेछ । संघीय संसद् भवनमा प्रतिनिधिसभा, राष्ट्रिय सभा, सचिवालय, दलका कार्यालय, पुस्तकालय, चमेनागृहलगायत अत्याधुनिक संरचना हुनेछन् ।

कुल सात अर्ब ७३ करोड ५२ लाख चार हजार ७ सय ३१ को लागतमा निर्माण हुने सो भवन मूल्यवृद्धि र विभिन्न कन्टिजेन्सीसहित करीब नौ अर्ब ६० करोडमा निर्माण हुने भएको जनाइएको छ ।

तस्बिरहरु :-

प्रकाशित मिति: २०७९,मङ्सिर,३,शनिवार १३:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज पार्टी कार्यालय बसुन्धरामा बसेको निर्णायक बैठकले सरकारबाट

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता पक्षकै प्रमुख नेताले संसदमा विपक्षी दलको चर्को आलोचना गरेको भन्दै आपत्ति जनाएका

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले जालझेल गरेर निर्वाचन जितेको आरोप लगाएका छन् । आइतबार बसेको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले सरकारलाई विश्वासको त दिएको मान्न नसकिने टिप्पणी गरेका छन् ।

ताजा समाचार

संसदमा बाधा अड्काउ फुकाउ आदेश पेस
 २०७९,माघ,२२,आईतवार १६:५७
नेप्से परिसूचकमा झिनो अंकको वृद्धि
 २०७९,माघ,२२,आईतवार १६:३३
राजस्व चुहावटका ६ मुद्दा दायर
 २०७९,माघ,२२,आईतवार १६:०२