नेपाल टेलिकमले विश्वकप प्याकेज उपलब्ध गराउने

लोकपथ
377
Shares

काठमाडौं । नेपाल टेलिकमले नोभेम्बर २० अर्थात् मंसिर ४ गतेदेखि कतारमा आयोजना हुने विश्व कप फुटबल २०२२ हेर्न आफ्ना एनटीटीभी ग्राहकहरुका लागि फिफा विश्वकपप्याकेज उपलब्ध गराउने भएको छ । फिफा विश्वकप २०२२ हेर्नका लागि टेलिकमले विश्वकप हेर्न यो प्याकेज ल्याएको हो ।

टेलिकमले निर्धारित करसहितको ५ सय ६५ रुपैँया बराबरको प्याकेज एनटीटीभीका ग्राहकहरुले कम्पनीको ग्राहक सेवा केन्द्रमा नगई घरमै बसेर पनि खरिद गर्न सक्ने बताएको छ । यसका लागि विश्वकप प्रसारण हुने हिमालयन एचडी टेलिभिजन च्यानलमा गई ‘बाई प्याकेज’ मा क्लिक गरी आफ्नो मोबाइल नम्बर इन्ट्री गर्नु पर्ने टेलिकमको भनाइ छ । त्यसपछि नेपाल टेलिकमबाट प्राप्त ओटीपी प्रयोग गरी सेवा खरिद गर्न सकिन्छ । सेवा खरिद गर्दा ग्राहकको मोबाइल ब्यालेन्सबाट रकम काटिने टेलिकमले जानकारी दिएको छ ।

फिफा विश्वकप२०२२ हेर्नका लागि तोकिएको फिफा विश्वकप प्याकेज खरिद गर्ने कम्पनीका एनटीटीभी सेवाका ग्राहकहरुलाई उक्त प्याकेज खरिद गर्न प्रयोग गरिएको मोबाइल नम्बरमा कम्पनीका तर्फबाट २८ दिनसम्म प्रयोग गर्न सकिने १२ जिबी डाटासमेत निःशुल्क उपलब्ध गराइने बताएको छ ।

फिफा विश्वकप २०२२ हेर्नका लागि निर्धारित करसहितको ५ सय ६५ रुपैयाँ एनटीटीभीका ग्राहकहरुले नजिकको कम्पनीको ग्राहक सेवा केन्द्रमा गएर पनि बुझाउन सकिने टेलिकमले जानकारी दिएको छ । विश्व कप फुटबल अवधिभर उपलब्ध हुने सो अफरबाट ग्राहकहरुले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा पनि कम्पनीले राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?