पोखरामा मंसिर १६ देखि राष्ट्रिय औधोगिक ब्यापार मेला हुने

लोकपथ
78
Shares

पोखरा । पोखरा उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको राष्ट्रिय औद्योगिक व्यापार मेला यो वर्ष मंसिर १६ गतेदेखि हुने भएको छ । २० औं संस्करणको मेला मंसिर १६ देखि २५ गतेसम्म पोखराको प्रदर्शनी केन्द्रमा आयोजना हुने आयोजकले जनाएको छ । कोरोनाका कारण २ वर्षसम्म मेला हुन सकेको थिएन ।

मेलाका मुख्य संयोजक एवं आयोजक संघका अध्यक्ष पवनकुमार प्रजापतिले कोरोनाले रोकिएको मेलालाई यसपटक नयाँ र फरक तरिकाले आयोजना गर्न लागिएको बताए । उनका अनुसार मेलामा कृषि, हस्तकला, स्थानीय उत्पादनसँग सम्बन्धित वस्तुहरु प्रदर्शनी र बिक्रीका लागि राखिने छन् ।

बजारको माग अनुसारका प्रत्यक्ष तालिम र उद्यम, व्यवसाय र पोखरासम्बन्धी टक सो पनि समेटिने छन् । मेलामा डोमतर्फ ७८, अटोका ४५ र अन्य विभिन्न खालका १ सय २० वटा सहित करिब २ सय ५० स्टल रहने बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए ।

पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाको गतिविधिको प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामान बिक्री मेलाका आकर्षण छन् ।

मेला समिति सभापति नरेन्द्रकुमार प्रधानको संयोजकत्वमा २ सय ५१ सदस्यीय मुल आयोजक र पोखरा उद्योग वाणिज्य संघा अध्यक्ष प्रजापतिको अध्यक्षतामा कार्यसम्पादन समिति गठन गरिएको छ । त्यसबाहेक २५ वटा उपसमिति पनि गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?