सिंहलाई सहयोग प्राप्त हुने, अन्य राशिको कस्तो छ आज ?

लोकपथ
312
Shares

काठमाडौं । आजमिति २०७९, मंसिर ३ गते, शनिबार । तद्नुसार नोभेम्बर महिनाको १९ तारिक २०२२ । मार्गकृष्णपक्ष दशमी, विष्टि करण, उत्तरफाल्गुनी नक्षत्र, विष्कुभ्म योग, चन्द्रमा कन्या राशिमा रहेको छ । आज बिहान सूर्योदय ०६ः२९ र सूर्यास्त ०५ः११ मा हुनेछ ।

आजका देवता यमराज हुन् । शनिबार बिहान पिपलको वृक्षमा जल अभिषेक गर्दा शनि ग्रहको दोष निर्वारण हुनेछ । आज बिहान ०९ः०९ देखि १०ः३० सम्मको समय राुहकाल रहेको छ । यो समयमा कुनै पनि शुभकार्य नगर्नुहोला । ११ः२८ देखि १२ः१० सम्मको समय शुभ समय रहेको छ । आजको दिन कुनै शिवालय, देवालयमा गएर संपात्रलाई दान दक्षिण गर्नु उत्तम हुनेछ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

आजको दिन व्यापार व्यवसायबाट अर्थ लाभ हुनेछ । परिवार र सन्तानबाट साथ सहयोग पाइने छ । परिवारको साथ सहयोगले कार्ययोजना सफल हुनेछ । यात्राबाट फाइदा हुनेछ । आज सूर्योदयपछि मात्र यात्रा गर्नुपर्छ । पूर्वदिशा तर्फको यात्रा फलदायी हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका जातकका लागि आजको दिन अर्थलाभ नै हुनेछ । व्यापारबाट फाइदा हुनेछ । तपाई सकारात्मक हुन जरुरी छ । आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ । कुनै देवालयको दर्शन गर्नुहोला । आजको दिन शनिदेवको दर्शन गरेर गरेका काम सफल हुनेछ । आजको दिन बिहान स्नान गरेपछि सूर्योदयको दर्शन गर्नुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

आजको दिन तपाईंलाई परिवार र आफन्तजनले अनेक आरोप लगाउन सक्नेछन् । सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ । मिथुन राशिमा जातकको लागि आजको दिन मौन र अनावश्यक काममा बाहिर नजानु वेश होला । आजको दिन घर परिवारको काम गरेर बस्नु नै वेश हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आजको दिन कसैसँग विवाद भयो भने हानी हुनसक्छ । यात्रा गर्दा अनावश्यक खर्च बढ्नेछ । संकटाको मन्दिर क्षेत्रमा गएर कुनै गरिव व्यक्तिलाई खानेकुरा दान गर्नु उत्तम हुनेछ । आज बिहान स्नान गरेपछि सूर्यनारायणलाई जल अर्पण र दर्शन गर्नुभयो भने साता नै सफल हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । स्वास्थ्यमा समस्या देखिएपनि क्रमिक सुधार हुनेछ । आजको दिन नयाँ काम शुरु नगर्दा राम्रो हुनेछ । मित्र र आफन्तजनसँगको भेटबाट आर्थिक लाभ समेत हुनसक्नेछ । आज कुनै देवालयको दर्शन गर्नुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

आफन्तसँग सम्बन्ध विग्रन सक्छ । अध्ययन अध्यापनबाट सफलता प्राप्त हुनेछ । कन्या राशिका जातकले आज स्त्रीको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । कुमारी अथवा साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । देवालयको यात्राले मनमा शान्ति प्राप्त हुनेछ । चन्द्रमाको साथ रहेको छ ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)

कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीसँग विवाद हुनसक्छ । आजको दिन कार्य गर्दा तुला राशिका जातकले सोच विचार गर्नु उत्तम होला । अध्ययन अध्यापनको काममा रुचि जाग्नेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

आजको दिन शुभ कार्यको सम्भावना बढी हुनेछन् । यात्रा गर्दा सूर्योदयभन्दा पछि र सूर्यास्तभन्दा पहिले यात्रा समापन गर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । विवादबाट हानी मात्र हुनेछ । आर्थिक व्यय हुने सम्भावना छ । आजको दिन खर्च गर्नुभन्दा पहिले एक पटक सोच विचार गर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

सन्तानबाट सुख र स्त्रीको साथ सहयोगले सफलता मिल्नेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । आजको दिन मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्म सेवाका काममा लाग्नु होला । सामाजिक कार्यबाट नै सकारात्मक उर्जा मिल्नेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

विगतदेखि गर्दै आएको कामबाट मानसम्मान प्राप्त हुनेछ । दुःखका कुरा कम र हर्षका कुरा बढी गर्नु होला । सकारात्मक सोच राखेर काम गर्नुहोला । अनावश्यक आरोप पनि लाग्न सक्छ । कसैप्रति दुराग्रह छ भने पनि त्यो भाव हटाउन प्रयास गर्नुहोस् । देवालय र शिवालयको यात्राले मनमा प्रसन्नता छाउनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा उर्जा प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ । सामाजिक सेवाका काम गर्नु उत्तम हुनेछ । परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । साना बालबालिकालाई केही खानेकुरा दिनुभयो भने उत्तम रहनेछ । आजको दिन फलामका सामान खरिद गर्नुहोला ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

अध्ययन अध्यापनमा समय विताउदा मीन राशिका जातका लागि फाइदा हुनेछ । तपाईका लागि आजको दिन आफन्तजनहरुसँगको यात्राले खुसियाली छाउने छ । विहान स्नान, सूर्योदयको दर्शनपछि अध्यात्म ग्रन्थहरुको अध्ययन, मनन, चिन्तन र श्रवणले तपाईलाई उर्जा मिल्नेछ । आजको दिन शैक्षिक कार्ययोजना बनाउँदा सफलता मिल्नेछ । शिवालयको दर्शन गर्दा उर्जा मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?