‘उपत्यकाको निर्वाचन सुरक्षामा कुनै कसर बाँकी राखिएको छैन’

लोकपथ
78
Shares

काठमाडौं । मंसिर ४ गतेको चुनाव प्रभावित पार्ने उद्देश्यले काठमाडौंका विभिन्न चार स्थानमा राखिएका शङ्कास्पद वस्तु हटाइएकोे छ । निर्वाचनको पूर्वसन्ध्यामा तर्साउनका लागि राखिएको नक्कली वस्तु आज हटाइ सकिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

उनका अनुसार ती सबै वस्तु नक्कली रहेको र नेपाली सेनाको बम डिस्पोजल टोलील हटाएको हो । उनले ती वस्तुहरू आज ललितपुरको एकान्तकुना, काठमाडौंको तारकेश्वर नगरपालिका–१, भत्केको पुल नजिक र अर्काे बूढानीलकण्ठको स्पेसलचोकमा फेला परेको जानकारी दिए ।

गए रातिदेखि नै निर्वाचनको मौन अवधि सुरु भएसँगै प्रहरीले सुरक्षा व्यवस्था चुस्त पारेको उनले बताए । उनले उपत्यकाको तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा कूल पाँच हजार चार सय ७३ म्यादी र र चार हजारमाथि नेपाल प्रहरी निर्वाचनका लागि खटिएका जानकारी दिए ।

नियमित सुरक्षामा तीन हजारभन्दा बढी परिचालित रहेका छन् । अझै निर्वाचनमा सुरक्षा जनशक्ति बढाउने क्रममा रहेका पनि उनले बताए । ‘निर्वाचनको शान्तिसुरक्षामा कुनै कसर बाँकी राखिएको छैन, निर्वाचन लक्षित सुरक्षा योाजना अनुसारका टोलीहरु खटिएर गइसकेका छन्, निर्वाचन शान्तिपूर्ण हुन्छ’, रिजालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?