प्रहरी प्रभाग बुढानिलकण्ठमा कांग्रेस कार्यकर्ताद्वारा एमालेविरुद्ध नाराबाजी

लोकपथ
1.2k
Shares

काठमाडौं । नेकपा एमालेका प्रदेशसभा उम्मेदवार नै पैसा बाँडेको आरोपमा पक्राउ परेपछि प्रहरी प्रभाग बुढानिलकण्ठमा तनाव उत्पन्न भएको छ । कांग्रेस समर्थक कार्यकर्ता वृत्तमा पुगेर दोषीमाथि कडा कारबाहीको माग गर्दै नाराबाजी गरिरहेका छन् ।

कांग्रेस कार्यकर्ता ठूलो संख्यामा उपस्थित भइ नाराबाजी गर्न थालेपछि सो क्षेत्रमा प्रहरी सुरक्षा बढाइएको छ ।

शुक्रबार राती बुनपा वडा नम्बर ६ की कर्मचारी बुद्ध लक्ष्मी तामाङको घरबाट प्रदेश ख उम्मेदवार दीपक निरौला, एमाले नगर अध्यक्ष प्रदीप डंगोल र वडा अध्यक्ष रवि खड्कालाई प्रहरीले पक्राउ गरेको छ।

बुढालिलकण्ठ नगरपालिका ६ मा एमालेका कार्यकर्ताले मत प्रभावित गर्न पैसा बाँड्न लाग्दै गर्दा उनीहरुलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको हो । काठमाडौं ५ मा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उम्मेदवार रहेका छन् । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पैसा बाँड्दै गरेको अवस्थामा रंगेहात पक्राउ परेका प्रदेश उम्मेदवार निरौला र प्रतिनिधि सभा सदस्य उम्मेदवार ईश्वर लामिछानेको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै कांग्रेस समर्थक कार्यकर्ताले नाराबाजी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?