ओलीले यो पार्टीका अध्यक्षलाई एमालेमा आउन भनेपछि…

काठमाडौं, २ कात्तिक— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा मालेका महासचिव सिपी मैनालीलाई पार्टीमा आउन आह्वान गरेका छन् ।अध्यक्ष ओलीले सिपी मैनालीले नेपालको कम्युनिष्ट आन्दोलनमा दिनु भएको योगदानको स्मरण गर्दै एमाले प्रवेश गर्न आह्वान गरेका हुन् ।मैनाली नेतृत्वको नेकपा मालेका नेताहरुलाई विहिबार पार्टीमा प्रवेश गराउँदै उनले मैनाली आफ्नो घनिष्ट र पूराना मित्र भएको पनि उल्लेख गरे ।अध्यक्ष ओलीले माले महासचिव मैनालीलाई समयसँगै अध्यावधिक हुँदै जान पनि सुझाव दिए ।जनताको हित गर्नका लागि एमालेमा अवसर भएको उल्लेख गर्दै उनले साना साना खुद्रा पसल खोलेर अव कम्युनिष्टहरुले बसिरहन नमिल्ने तर्क पनि गरे ।अध्यक्ष ओलीले जेम्सवाटले बाष्प इन्जिन आविष्कार गरेयता धेरै अरु इन्जिन आविष्कार भईसकेको उल्लेख गर्दै मैनालीलाई पनि बदलिँदा परिस्थिति अनुसार आफूलाई अध्यावधिक गर्दै लैजान पनि सुझाए ।अध्यक्ष ओलीले जनता र राष्ट्रको हित गर्न सकिने विश्वासका साथ नेकपा मालेका नेताहरु आफ्नो पार्टीमा प्रवेश गरेको दावी समेत गरे ।कार्यक्रममा नेकपा मालेका पोलिटव्यूरो सदस्य तथा निवर्तमान प्रमुख सचेतक अईन्द्रसुन्दर नेम्वाङ, निलमणि बराल, विरेन्द्र थपलिया, हिक्मत देउवा, गंगा चौधरी लगायतका नेताहरु एमाले प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?