एनसीसी बैंकको वार्षिक साधारण सभा सम्पन्न

लोकपथ
0
Shares

काठमाडौं । नेपाल क्रेडिट एण्ड कर्मस बैंक (एनसीसी) बैंकको २५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको शुक्रबार सम्पन्न बार्षिक साधारण सभाले तीन दशमलव ३६ प्रतिशत बोनस शेयर र सात दशमलव ६३ प्रतिशत नगद लाभांशको वितरणको प्रस्ताव पारित गरेको छ ।

बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ११ अर्ब ५१ करोड ४६ लाख ७८ हजार १४ रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षमा बैंकको निक्षेप परिचालन २७ दशमलव ७१ प्रतिशतले बढेर एक खर्ब ४१ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।

त्यसैगरी बैंकले एक खर्ब २४ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरी २७ दशमलव एक प्रतिशतको बृद्धि हाँसिल गरेको छ । बैंकको सात वटै प्रदेशमा एक सय ५६ वटा शाखा, एक सय ४४ वटा एटिएम र १५ वटा एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?