स्वदेशी लघुवित्तको हकप्रद भर्ने म्याद अाजसम्म

काठमाडौं : र्इटहरीमा प्रधान कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्थाले अाफ्ना शेयरधनीका लागि जारी गरेको शतप्रतिशत हकप्रद शेयरमा अाज बेलुकीसम्म अावेदन दिर्इसक्नुपर्ने भएको छ । 

यो लघुवित्तले असोज २३ गतेदेखि हकप्रद शेयर खुलाएको थियो । शेयरधनीसँग आफ्नो संस्थाको जति शेयर छ, उति नै शेयर दिनेगरि यो मार्इक्रोफार्इनान्सले ११ लाख ५० हजार कित्ता हकप्रद शेयर बिक्री खुला गरेको हो । 

प्राथमिक मूल्य (१०० रूपैयाँ) तिरेर शेयरधनीहरूले अाजसम्म यो लघुवित्तको शेयर भर्न सक्नेछन् । भदौ २४ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने कम्पनीले जानकारी दिएको छ । 

बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं तथा स्वदेशीको सम्पूर्ण शाखाबाट हकप्रद शेयरका लागि आवेदन दिन सकिनेछ । सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न सकिने बिक्री प्रबन्धकले व्यवस्था गरेको छ ।

हकप्रद बिक्रीलगत्तै यो लघुवित्तले आफ्ना शेयरधनीलार्इ १०५ नगद लाभांश र कर प्रयोजनका लागि आवश्यक रकमसमेत दिने निर्णय गरेको छ । हाल ११ करोड ५० लाख रूपैयाँ चुक्तापूँजी रहेको स्वदेशीले हकप्रद बिक्रीपछि यसको आकार २३ करोड रूपैयाँ बराबर कायम गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?