फोटोफिचर : बसपार्कमा देखियो भोट हाल्न जानेको भिडभाड

लोकपथ
77
Shares

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा काठमाडौं उपत्यकाका नाकाहरुबाट घर फर्किने मानिसहरुको चहलपहल बढेको छ ।

भोट हाल्न दुई दिन मात्रै बाँकी रहेसँगै कोटेश्वर, कलंकी, बालाजु लगायतका क्षेत्रमा घर फर्किने यात्रुहरुको चहलपहल अघिल्ला दिनको तुलनामा बढेको हो ।
मंसिर ४ गते हुने चुनावका लागि ३ गते मध्यरातिदेखि गाडी चलाउन नपाइने भएकाले शुक्रवार र शनिवार काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको संख्या अझ बढ्ने देखिएको छ ।

निर्वाचनका लागि राजनीतिक दलले गाउँगाउँ जानका लागि सवारीको व्यवस्था समेत गरिरहेका छन् ।

तस्बिर हेर्नुहोस् : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?