प्रार्इम बैंक र अोम डेभलपमेन्ट बैंक मर्ज गर्न राष्ट्र बैंकको स्वीकृति

काठमाडाैं : प्रार्इम कमर्सियल बैंकसँग अोम डेभलपमेन्ट बैंक एक्वाएर गर्न नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । 

यी दुर्इ बैंक गाभिएपछि चुक्ता पूँजी १० अर्ब रूपैयाँभन्दा बढी पुग्नेछ । हाल अोम डेभलपमेन्ट बैंकले पोखरालार्इ अाधार बनाएर बैंकिङ कारोबार गरिरहेको छ । 

यी दुर्इ बैंकबीच भदाै ३ गते एक्वाएरका लागि सहमति भएको थियो । हाल अोमको शेयर कारोबार समेत रोक्का गरिसकिएको छ । 

दुर्इ बैंकबीचको शेयर अनुपात मिलाउन अहिले सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकन (डीडीए) को काम भर्इरहेको छ । 

प्रार्इम बैंकले देशभर करिब ६५ वटा शाखा विस्तार गरेको छ भने अोमले पनि झन्डै ५५ वटा शाखा खोलिसकेको छ । 

यी दुर्इ बैंक बराबरी हैसियतमा गाभिए जगेडा कोष ४ अर्ब १० करोड रूपैयाँ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?