१५ मङ्सिर २०७९, बिहीवार

साताको सेयर बजार : नेप्से बढेपनि कारोबार रकम अपेक्षाअनुसार बढ्न सकेन्

२०७९,मङ्सिर,२,शुक्रवार १३:०६

18
Shares

काठमाडौं । सेयर बजार परिसूचक यो साता केहीहदसम्म सुखद देखिएको छ । मंसिर चार गतेको निर्वाचनको मिति नजिकिँदै गर्दा यो साता नेप्से पनि बढेको छ । जसले गर्दा लगानीकर्ताहरु सेयरबजारप्रति केही हदसम्म उत्साहित देखिएका छन् । नियमित कारोबारको लागि यो साता पाँच कार्य दिन नै नेप्से खुलेको भएपनि दुई कार्य दिन मात्र नेप्से घटेको थियो । बाँकी रहेका तीन कार्य दिन भने नेप्से लगातार बढेको थियो । जसले गर्दा नेप्सेले सातामा १९ सय ३६ दशमलव ८३ बिन्दु चुम्न सफल भएको छ । यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ८१ दशमलव ६ बिन्दु चुम्न सफल भएको छ ।

नेप्से बढेपनि यो साता कारोबार भने अपेक्षा गरेअनुसार बढ्न सकेन् । सातामा दुुई सय ३२ वटा कम्पनीहरुको यो साता एक लाख पाँच सय १४ पटकको कारोबारमा एक करोड ४१ लाख पाँच हजार सात सय ५७ कित्ता किनबेच हुँदा कारोबार रकम पाँच अर्ब ३१ करोड ९५ लाख ९८ हजार ६ सय ३१ रुपैयाँमा सिमित भएको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै दुई अर्ब रुपैयाँले कम हो । गत साता भने यस्तो कारोबार रकम सात अर्ब २३ करोड ७१ लाख ९० हजार दुई सय ६० रुपैयाँ कायम रहेको थियो । उक्त साता दुुई सय २८ वटा एक लाख २८ हजार एक सय ३८ पटकको कारोबारमा एक करोड ८४ लाख ४३ हजार सात सय ८० कित्ता सेयर किनबेच हुँदा उक्त परिमाणमा रकम कारोबार भएको थियो ।

नेप्सेको नियमित कारोबार कक्ष यो साता पाँच कार्य दिन नै खुल्ला रहेकोमा पहिलो, तेस्रो दिन नेप्से घटेको थियो भने दोस्रो, चौंथो र पाँचौं दिन नेप्से बढेको थियो । जसमध्ये पहिलो दिन १० दशमलव ५४ अंकले घटेर एक हजार आठ सय ८३ दशमलव १६ खुम्चिएको नेप्से दोस्रो दिन भने २१ दशमलव २९ अंकले बढेर १९ सय चार दशमलव ४५ अंकमा पुग्न सफल भएको थियो । तेस्रो दिन पुन ६ दशमलव ५९ अंकले घटेर एक हजार आठ सय ९७ दशमलव ८६ झरेको नेप्से चौथो दिन भने १३ दशमलव ४० अंकले बढेर १९ सय ११ दशमलव २६ अंकमा पुग्न सफल भएको थियो । पाँचौं दिन पनि नेप्से २५ दशमलव ५७ अंकले बढेर १९ सय ३६ दशमलव ८३ अंकमा पुगेको थियो ।

यसैगरी पहिलो दिन एक दशमलव ८३ अंकले घटेर तीन सय ७० दशमलव ५३ अंकमा खुम्चिएको सेन्सिटिभ इन्डेक्स दोस्रो दिन चार दशमलव ५१ अंकले बढेर तीन सय ७५ दशमलव चार अंंकमा पुग्न सफल भएको थियो । तेस्रो दिन पुन एक दशमलव ३३ अंकले घटेर तीन सय ७३ दशमलव ७१ अंकमा खुम्चिएको सेन्सिटिभ इन्डेक्स चौंथो दिन भने दुई दशमलव ८६ अंकले बढेर तीन सय ७६ दशमलव ५७ अंकमा पुगेको थियो । पाँचौं दिन पनि सेन्सिटिभ इन्डेक्स चार दशमलव ४९ अंकले बढेर तीन सय ८१ दशमलव छ अंकमा पुग्न सफल भएको थियो ।
यो साता हिमालयन डिष्ट्रिलरी प्रालि, शिवम सिमेन्ट आदिको बढी रकम कारोबार भएका छन् भने शिवम सिमेन्ट,नेपाल टेलिकम, हिमालयन डिष्ट्रिलरी प्रालि आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।

यस्तो रह्यो यो साता दैनिक सेयर कारोवार (संख्या र रुपैयाँमा):-

     दिन               कम्पनी संख्या                     कारोबार संख्या                 कित्ता                        कारोबार रकम
पहिलो दिन              २२५                                 १८०४५                        २०२८३४८                    ७७४९११७०६
दोस्रो दिन                २२६                                 १७७६५                       २४५२०८४                   ९४६०८९५२१
तेस्रो दिन                 २२९                                 २२७७१                        २७४५७०९                  १०२३६०९९६०
चौंथो दिन                २३२                                 १७७०२                         २४९५६१२                   ८५९५६८१५८
पाँचौं दिन                २२३                                  २७२३१                        ४३८४००४                    १७१५४१९२८६
 कुल                                                         १००५१४                       १४१०५७५७                 ५३१९५९८६३१

                                        (श्रोत नेपाल स्टक एक्सचेन्ज लिमिटेड)

प्रकाशित मिति: २०७९,मङ्सिर,२,शुक्रवार १३:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ९८ पैसा रहेको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा सजगता अपनाउन निर्देशन दिएको छ । राष्ट्र बैंक अन्र्तगतको भुक्तानी

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैकिङ प्रणालीमा एक अर्ब ५३ करोड १५ लाख रुपैयाँ संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव माग

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा भारतीय सरकारी कम्पनीलाई दिएको छ

ताजा समाचार

बाजुरामा किन अझै शुरु भएन मतगणना ?
 २०७९,मङ्सिर,१५,बिहीवार ११:२३
सुत्केरीलाई पाँच हजार भत्ता
 २०७९,मङ्सिर,१५,बिहीवार ११:०८
अट्टाहस
 २०७९,मङ्सिर,१५,बिहीवार ११:०७
अर्जेन्टिना नकआउट चरणमा
 २०७९,मङ्सिर,१५,बिहीवार १०:३२
स्याङ्जा–२ मा कांग्रेसका गुरुङको अग्रता
 २०७९,मङ्सिर,१५,बिहीवार ०९:२०
संसद्‍मा महिला र दलितको कमजोर उपस्थिति
 २०७९,मङ्सिर,१५,बिहीवार ०९:१३