कर तिरेपछि मात्रै श्री र्इन्भेष्टमेन्टले बोनस शेयर लगानीकर्ताको खातामा पठाउने

काठमाडौं : श्री र्इन्भेष्टमेन्टले अाफ्ना शेयरधनीलार्इ प्रदान गरेको बोनश शेयर कर तिरेपछि मात्रै खातामा पठाउने भएको छ । श्रीले शेयरधनीलार्इ २६.५७% बोनस शेयर दिएको छ । 

२०७३ माघ १८ गतेपछि शेयरधनी बनेका लगानीकर्ताहरूले श्री को खाता नम्बर १९१०१०००००००००४१ मा कर बापतको रकम जम्मा गर्नुपर्ने भएको छ । बोनसमा लाग्ने करबापत शेयरधनीले यो खातामा रकम जम्मा गर्नुपर्नेछ । रकम जम्मा गरेपछि श्रीले लगानीकर्ताको खातामा शेयर जम्मा गरिदिनेछ ।

कम्पनीले गत बर्ष घोषणा गरेको बोनश शेयर खातामा सार्नका लागि कर तिर्नुपर्ने बताएको हो । चुक्ता पूँजी ८० करोड १ लाख ५० हजार रूपैयाँ रहेको श्रीले गत बर्षकै अाम्दानीबाट १.२३% बोनस शेयर र ८.७७% नगद लाभांश दिने घोषणा समेत गरिसकेको छ ।

चालु अार्थिक बर्षको पहिलो त्रैमासमा यो कम्पनीले २ करोड ५२ लाख २८ हजार रूपैयाँ खुद नाफा कमाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?