५०% हकप्रद बेच्न लागेको महुली लघुवित्त १०% नाफामा

काठमाडौं : अाफ्ना शेयरधनीलार्इ ५०% हकप्रद शेयर जारी गर्न लागेको महुली लघुवित्तले चालु अार्थिक बर्षको पहिलो त्रैमासमा ८५ लाख ५१ हजार रूपैयाँ खुद नाफा अार्जन गरेको छ । महुलीको यो नाफा गत अार्थिक बर्षको सोही अवधिको तुलनामा १०.१३% ले बढी हो । 

२:१ अनुपातमा महुलीले ३ करोड रूपैयाँ बराबरको ३ लाख कित्ता हकप्रद निष्काशन गर्न पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डबाट अनुमति पार्इसकेको छ । नाफा बढेपनि यो लघुवित्तको खराब कर्जा भने १.७४% बाट बृद्धि भर्इ १.७९% पुगेको छ । चुक्ता पूँजी ६ करोड रूपैयाँ रहेको महुलीको जगेडा कोषमाा १६ करोड ३१ लाख ५४ हजार रूपैयाँ रहेको छ । 

यो लघुवित्तले हकप्रद निष्काशनपश्चात यसको आकार ९ करोड रूपैयाँ पु-याउनेछ । हकप्रद निष्काशन र बिक्री प्रबन्धकमा माहुलीले सनरार्इज क्यापिटललार्इ नियुक्त गरेको छ। 

यो लघुवित्तले गत आर्थिक बर्षमा १ करोड ४७ लाख रूपैयाँ खुद नाफा कमाएको थियो । असार मसान्तसम्म १ अर्ब ५५ करोड रूपैयाँ कर्जा प्रवाह गरेको महुलीको प्रतिशेयर आम्दानी ५७ रूपैयाँ १ पैसा र नेटवर्थ ३७१ रूपैयाँ ९२ पैसा कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?