काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं १ साङ्लामा भेटिएको बम डिस्पोज गरिएको छ ।
बिहीवार साँझ ६ बजे सो स्थानमा अज्ञात समूहले प्लटिङ गरेको जग्गामा मलको बोरा अघि राखेको शंकास्पद वस्तु फेला परेको थियो । ि
निर्वाचनका बेला भएका कारण सो क्षेत्रको सुरक्षा सतर्कता बढाइएको छ ।
स्थानीयले खबर गरेपछि उक्त शंकास्पद वस्तुु डिस्पोजको लागि मेजर बिपिन आचार्यको कमाण्डमा ११ जना र शसस्त्र प्रहरी नं १८ गण निलबराहिका डिएसपी जनक जंग भण्डारीको कमाण्डमा २१ जना र नेपाल प्रहरीका डिएसपी रविन विष्टको कमान्डमा १५ जना घटनास्थल पुगेका थिए ।
डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तु ८ बजे डिस्पोज गरेको हो ।
निर्वाचनको मिति नजिकिएसँगै देशका विभिन्न स्थानमा शंकास्पद वस्तु फेला परिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया