युवाको आक्रोशलाई राजनीतिक दलले सम्बोधन गर्नुपर्छ : पूर्वप्रधानमन्त्री डा.भट्टराई

लोकपथ
117
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले युवाको आक्रोशलाई राजनीतिक दलले सम्बोधन गर्नुपर्ने बताएका छन् । लोकतान्त्रिक वाम गठबन्धन काठमाडौं क्षेत्र नं ५ ले आज यहाँ आयोजना गरेको ‘बृहत् आमसभा’ लाई सम्बोधन गर्दै उनले राजनीतिक दलप्रति युवापंक्तिमा आक्रोश देखिएकाले यसलाई राजनीतिक दलले सम्बोधन गर्नुपर्ने बताएका छन् ।

‘संविधान निर्माणपछि युवामा धेरै आकांक्षा थियो, त्यो आकांक्षालाई राजनीतिक दलले पूरा गर्न सकेनन्, अहिले युवामा आक्रोश देखिएको छ’, उनले भने । पूर्वप्रधानमन्त्री डा.भट्टराईले गठबन्धनले बेरोजगारको अन्त्य गर्दै देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुपर्ने बताए ।

कांग्रेस नेता एवं पूर्वकानूनमन्त्री नरहरि आचार्यले देशको विभिन्न आन्दोलनको नेतृत्व गरेको कांग्रेस नेतृत्वको गठबन्धनले मात्र देशको विकास गर्नसक्ने बताए । ‘निर्वाचनमा कुनै पनि राजनीतिक दललाई मतदान गर्नुमात्र ठूलो कुरा होइन, उक्त मतको संरक्षण गर्न चनाखो हुनुपर्छ’, उनले भने ।

पूर्वमन्त्री आचार्यले कांग्रेसले सबै राजनीतिक दललाई समन्वय गर्दै अगाडि बढ्ने हैसियत राखेको बताए । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य कल्पना शर्मा, नेकपा (एकीकृत समाजवादी) का नेता एवम् निर्वाचन परिचालन समितिका संयोजक दिपक केसी लगायतले संविधानको रक्षा र मुलुकको विकासका लागि गठबन्धनका उम्मेदवारलाई विजय गराउन आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?