काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं १ साङ्लामा शंकास्पद वस्तु भेटिएको छ ।
बिहीवार साँझ ६ बजे सो स्थानमा अज्ञात समूहले प्लटिङ गरेको जग्गामा मलको बोरा अघि राखेको शंकास्पद वस्तु फेला परेको हो ।
भेटिएको उक्त शंकास्पद वस्तु सकेट बम भएको आशंका गरिएको छ ।
निर्वाचनका बेला भएका कारण सो क्षेत्रको सुरक्षा सतर्कता बढाइएको छ ।
स्थानीयले खबर गरेपछि उक्त शंकास्पद वस्तुु डिस्पोजको लागि मेजर बिपिन आचार्यको कमाण्डमा ११ जना र शसस्त्र प्रहरी नं १८ गण निलबराहिका डिएसपी जनक जंग भण्डारीको कमाण्डमा २१ जना र नेपाल प्रहरीका डिएसपी रविन विष्टको कमान्डमा १५ जना घटनास्थल पुगेका थिए ।
डिस्पोजको काम भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया