चार देशका प्रमुख निर्वाचन आयुक्तसहित नेपालस्थित १८ कूटनीतिक नियोगले पर्यवेक्षण गर्ने

लोकपथ
0
Shares

काठमाडौं । आइतबार हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा विभिन्न ४ देशका प्रमुख निर्वाचन आयुक्तसहित नेपालस्थित १८ वटा कूटनीतिक नियोगले निर्वाचन पर्यवेक्षण गर्ने भएका छन् । निर्वाचनको विश्वसनीयता बढाउन उनीहरूले पर्यवेक्षण गर्ने निर्वाचन आयोगले जनाएको छ ।

बिहीबार पत्रकार सम्मेलनमार्फत प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अनुमति प्राप्त ४४ वटा राष्ट्रिय संस्थाबाट ७२०७ र २ वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना गरी ७ हजार २१९ जनालाई आयोगले पर्यवेक्षण परिचय पत्र उपलब्ध गराइसकेको जानकारी दिए ।

पर्यवेक्षकहरूले प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित प्रणालीको १६५ निर्वाचन क्षेत्र र प्रदेश सभाको पहिलो हुने निर्वाचित निर्वाचन प्रणालीको ३३० वटै निर्वाचन क्षेत्रमा निर्वाचन पर्यवेक्षण गर्नेछन् । आयोगले हालसम्म करिब ७ हजार ५०० जनालाई पर्यवेक्षण परिचयपत्र उपलब्ध गराइसकेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?