निर्वाचनपश्चात् पनि वर्तमान गठबन्धनले निरन्तरता पाउँछ : आङ्देम्बे

लोकपथ
65
Shares

पाँचथर । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनपछि पनि वर्तमान गठबन्धनको सरकारले निरन्तरता पाउने बताएका छन् । पाँचथरको सदरमुकाम फिदिममा आज आयोजित आमसभालाई सम्बोधन गर्दै सहमहामन्त्री तथा पाँचथरका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार आङ्देम्बेले सो कुरा बताएका हुन् ।

उनले लोकतन्त्र, गणतन्त्र तथा संविधानको रक्षा र सुदृढीकरणका लागि गठबन्धनका उम्मेदवारलाई मत दिएर विजयी गराउन आग्रह गरे । लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारले जितेका खण्डमा मात्रै मुलुकमा राजनीनिक स्थिरता, सुशासन र समृद्धि हासिल हुनसक्ने उनको भनाइ थियो ।

जिल्लाका गौरव तथा महत्वपूर्ण योजना अघि बढाउन वर्तमान गठबन्धनको सरकारले मात्रै सक्ने उनले उल्लेख गरे । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य तथा पाँचथर प्रदेशसभा (२) का उम्मेदवार इन्द्रबहादुर आङ्बो मौसमले सबै जनता एक भएर संविधान र सङ्घीयताको रक्षार्थ पनि लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?