२१ माघ २०७९, शनिवार

लोकतन्त्र र संविधान जोगाउन पाँचदलीय गठबन्धन : वरिष्ठ नेता पौडेल

२०७९,मङ्सिर,१,बिहीवार २०:३७

18
Shares

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ–१ का लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेलले लोकतन्त्र र संविधान जोगाउनका लागि पाँचदलीय गठबन्धन बनेको बताएका छन् । भानु नगरपालिका–११ रुपाकोटमा आज आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले आसन्न निर्वाचन पछि पनि गठबन्धनकै सरकार बन्ने बताए ।

जिल्लाको सबै क्षेत्रमा आफ्नै सक्रियतामा सडक र बिजुली पु¥याएको उनको भनाइ थियो । उनले भने, ‘मलाई विजयी गराउनुहोस्, जिल्लाको विकासले काँचुली फेर्ने गरी काम गरेर देखाउँछु ।’

कार्यक्रममा गठबन्धनका साझा उम्मेदवार तनुहँु–१ (१) बाट प्रदेशसभा सदस्यका उम्मेदवार अशोककुमार श्रेष्ठले विकासप्रेमी, त्याग, निष्ठा, आदर्शवान वरिष्ठ नेता पौडेललाई देशको भविष्य र देशको नेतृत्व गर्नसक्ने नेता भएकाले विजयी गराउन आग्रह गरे ।

प्रकाशित मिति: २०७९,मङ्सिर,१,बिहीवार २०:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले दुई महिने पार्टी संगठन सुदृढीकरणको अभियान चलाउने भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य

काठमाडौं । जापानका प्रधानमन्त्रीले यौनिक अल्पसंख्यकविरुद्ध टिप्पणी गरेका एक जना आफ्ना वरिष्ठ सहयोगीलाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री फुमियो किशिदाले

बारा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रेस स्वतन्त्रता नभए संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत नहुने बताएकाछन् । बाराको कलैयामा आज

ताजा समाचार