निर्वाचनपछि गठबन्धनकै सरकार : अध्यक्ष केसी

लोकपथ
52
Shares

बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन चुनावपछि पनि रहने बताएका छन् । बागलुङमा आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन बनेको बताए ।

अध्यक्ष केसीले अघिल्लो निर्वाचनमा नेकपा (एमाले) लाई सघाएर सरकारमा पठाउँदा संविधान नै खतरामा पारेपछि अहिले पाँच दल एक ठाउँ भएर उभिनु परेको स्पष्ट पारे । उनले भने, ‘केपी ओलीले संविधान र लोकतन्त्रलाई धरापमा पारे, यसले गर्दा हामीहरुले गठबन्धन निर्माण ग¥यौँ, यो गठबन्धन चुनावपछि पनि रहिरहन्छ, नागरिकले बुझेका छन्, एमालेले देशलाई अधोगतितर्फ धकेल्यो ।’

अध्यक्ष केसीले एमालले लोकतन्त्रलाई परास्त गर्न थालेको आरोप लगाए । एमालेले पटक–पटक संसद्लाई विघटन गरेर संविधानको मुन्टो निमोठ्न खोजेको आरोप लगाउँदै प्रतिगामीलाई ठेगान लगाउने बताए । गठबन्धनका सरकारले नागरिकको जनजीविकाको पक्षमा काम गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?