डीएभी कलेजद्वारा बीबीएका विद्यार्थीलाई अभिमुखीकरण तालिम सम्पन्न

लोकपथ
65
Shares

काठमाडौं । डीएभी कलेज अफ म्यानेजमेन्ट भनिमण्डल ललितपुरले बीबीए अध्यानरत विद्यार्थीहरुलाई लक्षित गर्दै बृहत अभिमुखीकरण कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । उक्त कार्यक्रम कार्तिक २० र २१ गते होटल कन्ट्री भील्ला नगरकोटमा सम्पन्न भएको थियो ।

डीएभी कलेजद्वारा जारी विज्ञप्ति अनुसार उक्त कार्यक्रममार्फत विद्यार्थीहरुलाई बीबीए अध्ययनसँग सम्बन्धित आधारभूत ज्ञान प्रदान गर्नुका साथै उक्त बिषयको क्षेत्र, भविष्य र अध्ययनका पूर्वसर्तहरु लगायत पठनपाठनका तौरतरिकाहरु बताइएको थियो ।

दुई दीवसीय उक्त कार्यक्रमका मुख्य प्रस्तोता प्राध्यापक डाक्टर डिल्ली राज शर्मा, डीन, व्यवस्थापन संकाय टीयू, डीएभी कलेजका अध्यक्ष अनिल केडिया र व्यवसायिक तालिमकर्ता मनोहर मान श्रेष्ठ रहेका थिए । प्राध्यापक डिल्लीराज शर्माले विद्यार्थीहरुलाई उच्च सफलताको सन्देश दिदैं दृढ इच्चाशक्तिका साथ अध्ययनमा क्रियाशिल रहन प्रेरित गरे ।

सोही अवसरमा उनले डीएभी कलेज अफ म्यानेजमेन्ट एक उत्कृष्ट व्यवस्थापन कलेजको रुपमा स्थापित गर्न सफल रहेका अध्यक्ष अनिल केडिया, एकेडेमीक एडभाईजर एवम् एसोसीयट प्रोफेसर डाक्टर मनोजकुमार चौधरीलगायत सम्पूर्ण टीमको प्रसंशासमेत गरे । उनले यस संस्थाबाट आफूहरुले थप आशा र भरोसा गरेकोसमेत बताए ।

त्यसैगरि, अध्यक्ष अनिल केडियाले सम्पूर्ण सहभागिहरुलाई सफलताको शुभकामना दिए । उनले उक्त अवसरमा डीएभी कलेज ज्ञान, संस्कार र प्रविधिको संयोजन रहेकाले कर्पोरेट क्षेत्रमा यस कलेजबाट दीक्षित विद्यार्थीहरुले छुट्टै परिचय बनाउन सफल रहेको बताए । सोही अबसरमा कलेज व्यवस्थापनका सदस्यहरुको विभिन्न प्रस्तुती पनि रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?