बाँके । नेकपा एमालेका तर्फबाट बाँके क्षेत्र नम्बर १ को उम्मेदवार बनेका सुर्य ढकालकै वडाबाट सिगो गाँउ गठबन्धनको दल नेपाली कांग्रेस प्रवेश गरेका छ ।
कोहलपुर १२ को दाउन्ना गाँउका २० घरपरिवार नेपाली कांग्रेस प्रवेश गरेका हुन् । उनिहरुलाई नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ का सभापति पोषण केसीले टिका लगाएर पार्टी प्रवेश गराएका थिए ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै सभापति केसीले संबिधानको रक्षा गदै जनअधिकार प्राप्तीका लागी गठबन्धन बनेको भन्दै गठबन्धनका उम्मेदवारहरु प्रतिनिधी सभामा महेश्वर जंग गहतराज अथकलाई हसियाँ हथौडा र प्रदेश सभामा फुलाराम थारुलाई रुख चिन्हमा मतदान गरि बिजयी गराउन आग्रह गरे ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस क्षेत्र नं १ (२) का सभापति बलाराम शर्माले नवप्रवेशीहरुलाई पार्टीले संरक्षण गर्दै राजनैतिक रुपमा उचित जिम्मेवारी दिईने बताए ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्यका उम्मेदवार फुलाराम थारुले आफू विजयी भएपछि जनभावना अनुसार विकासका कामहरु गर्ने प्रतिवद्धता जनाएका थिए ।
नव प्रवेशी हरि प्रसाद बाठाले नेकपा एमालेले जनतालाई भोट बैंकको रुपमा प्रयोग मात्रै गर्ने गरेको भन्दै आफूहरु नेपाली कांग्रेस प्रवेश गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया