२० माघ २०७९, शुक्रवार

प्रचण्डले भने–ओनसरीमा प्रधानमन्त्री बन्ने क्षमता छ

२०७९,मङ्सिर,१,बिहीवार १९:४९

81
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसभामुख ओनसरी घर्ती प्रधानमन्त्री बन्न लायक रहेको टिप्पणी गरेका छन् । सत्ता गठबन्धनले काठमाडौंमा आयोजना गरेको चुनावी सभामा बोल्दै प्रचण्डले काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाकी उम्मेदवार रहेकी घर्तीलाई आफूले सानैदेखि चिनेको र उनमा प्रधानमन्त्री बन्ने दृढता रहेको बताए ।

मङ्सिर ४ गतेको चुनावलाई नेपाली नागरिकले प्रतिगमनलाई परास्त गर्ने अवसरको रूपमा लिनुपर्नेसमेत उनले बताए । अध्यक्ष प्रचण्डले केपी ओलीले संविधानमा हस्ताक्षर गरेर पनि संविधानको रक्षक र गणतन्त्रको पक्षधर हुन नसकेको आरोप लगाए ।

अध्यक्ष प्रचण्डले मङ्सिर ४ गतेको चुनावमा प्रतिगमनलाई परास्त गर्न सकिए देश विकास र समृद्धिको दिशामा अघि बढ्ने विश्वाससमेत व्यक्त गरे । उनले सत्तारूढ दलहरू प्रतिगामी शक्तिहरूलाई परास्त गरेर सबै शक्तिको साथ देशको समृद्धिको अभियानमा लाग्न प्रतिबद्ध रहेको पनि बताए ।

प्रकाशित मिति: २०७९,मङ्सिर,१,बिहीवार १९:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

रुपन्देही । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट रकमान्तर गर्ने परिपाटी आगामी आर्थिक वर्षदेखि पूर्णरूपमा रोक्ने गरी बजेट नीति तथा

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय प्रचार तथा प्रकाशन विभागले पार्टीको दशौँ महाधिवेशनका दस्तावेज र सङ्ग्रहणीय गतिविधि समेटेर स्मारिका प्रकाशन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको

काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय एकीकरण अभियान प्रारम्भदेखि नेपालको एकता, अखण्डता, संस्कृति, परम्परा जोगाई राख्न नेपाली सेनाले निर्वाह गर्दै

ताजा समाचार

विदेशीन लागेका १२ महिलाको उद्धार
 २०७९,माघ,२०,शुक्रवार २०:३२