प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारी पूरा

लोकपथ
0
Shares

काठमाडौं । निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा २०७९ को तयारी पूरा भएको जनाएको छ । १० हजार ८९२ मतदान स्थल रहेको र २२ हजार २२७ मतदान केन्द्रमा मताधिकारहरु कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जनाएको छ ।

प्रतिनिधि सभा सदस्यमा २ हजार ४१२ जना उम्मेदवार रहेको छ भने सामानुपातिक तर्फ २ हजार १९९ उम्मेदवारलाई अन्तिम बन्द सूचीमा कायम राखेको हो । यस्तै, प्रदेश सभाका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि ३ हजार २२४ उम्मेदवार रहेको र समानुपातिकतर्फ ३ हजार ७०८ जना अन्तिम बन्दसूचीमा कायम गरिएको आयोगले जनाएको छ ।

आसन्न निर्वाचनको पहिलो हुने निर्वाचित प्रणालीको प्रतिनिधि सभा तथा प्रदेश सभा को ५ हजार ६३६ उम्मेदवार चुनावी प्रतिसपर्धामा रहेको र सामानुपातिक निर्वाचन प्रणालीतर्फ ५ हजार ९०७ अन्तिम बन्दसूचीमा कायम गरिएको आयोगले जनाएको हो । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचित हुने निर्वाचनका लागि ४ करोड ६ लाख ५ हजार मतपत्र र समानुपातिकतर्फ ३ करोड ९८ लाख १६ हजार ५०० मतपत्र छपाई गरी ढुवानी गरिसकेको छ ।

पर्यवेक्षणद्वारा निर्वाचनको विश्वसनीयतालाई अभिवृद्धि गर्न ४४ वटा संस्थाका ७ हजार २०७ जना र दुइवटा अन्तराष्ट्रिय संस्थाबाट १२ जना गरी ७ हजार २१९ जनाले पर्यवेक्षण गर्ने अनुमति लिएको र भारत, भुटान, माल्दिभ्स, श्रीलंका र दक्षिण कोरियाका प्रमुख आयुक्तको टोलीले पर्यवेक्षण गर्ने भएको छ ।

साथै १८ वटा कुटनैतिक नियोगका नेपालका समूहले समेत मतदानको दिन अवलोकन गर्ने व्यवस्था मिलाएको प्रवक्त थलियाले जानकारी दिए । मतपत्र, निर्वाचन सामग्री र २ लाख ४६ हजार जना कर्मचारी, आवश्यक्ता अनुसारको सुरक्षाकर्मी मतदान स्थलमा पुगिसकेको छ ।

साथै निर्वाचन अधिकृतद्वारा बैठक बस्ने, मतदान क्षेत्र तोक्ने, सूचनाहरु प्रकाशित गर्ने, मादकपदार्थ वा हातहतियार बोक्न नदिने लगायतका विषयहरुमा आवश्यक छलफल गर्नेछन् । सामाजिक सञ्जालबाट कुनै किसिमको गलत मिथ्या सूचना प्रवाहबाट निर्वाचन आयोग प्रभावित हुनबाट आयोग सचेत रहेको प्रवक्ताको भनाइ छ ।

निर्वाचन सुरक्षा जोखिमका आधारमाहरुलाई आवश्यक्ता अनुसारका सुरक्षा गस्ती र सम्पन्न घुम्ती टोली परिचालन गरेको प्रवक्ता थपलियाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?